काठमाडौं– बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकार बनेको सय दिन पूरा हुन लागेको छ । सय दिनमा गर्ने सय कामको सूची नै तयार गरेर अगाडि बढेको सरकारले जनतामा आशा जगाउने काम गरे पनि केही काममा भने आशातित प्रगति हुन सकेको देखिँदैन । यद्यपि, सरकार बनेको सय दिनभित्र केही यस्ता काम भए, जुन सायद कसैले सोचेका थिएनन् । सुशासन र सम्पत्ति शुद्धीकरणका विषयमा आक्रामक बनेको सरकारले यी क्षेत्रमा कायापलट नै गरेको छ । तर, केही यस्ता काम पनि छन्, जुन गर्न चाहेर पनि रोकिएका छन् । सरकारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याएको छ । विगत १० वर्षदेखि राज्यसत्ता नै आफ्नो मुठ्ठीमा पारेर लुट मच्चाइरहेका ठूला बिचौलियाहरूले आफू खोरमा पुग्छु भन्ने सोचेका पनि थिएनन् होला, तर अहिले तिनै अनुहारहरूको बास कारागार भएको छ । पक्राउ पर्ने भीभीआईपीहरूको लर्को लागेको छ र अझै पक्राउ पर्नेको सूची निकै लामो छ । यसले सिंहदरबारमा बिचौलियाको जालो तोडिएको स्पष्ट पार्छ । सम्पत्ति जाँचबुझ÷छानबिन आयोग गठन भएको डेढ महिनाको अवधिमा ११ हजार सार्वजनिक पदाधिकारीले आयोगसमक्ष विवरण बुझाएका छन् ।
Uncategorized


प्रतिक्रिया