Breaking

बालेनको दिल्ली यात्रा : ३५ वर्षको रेकर्ड तोडिएला, पञ्चेश्वरदेखि चुच्चे नक्साले लिनेछ परीक्षा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– झन्डै दुई तिहाइको शक्तिशाली सरकारका प्रधानमन्त्री बालेन्द्र शाह पहिलो भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनपछि हुन लागेको प्रधानमन्त्रीको यो नै पहिलो भ्रमण हुने भएकाले पनि धेरैको चासो छ । त्यसमाथि बिल्कुलै नयाँ, पार्टी र उसको नेतृत्वमा बनेको सरकारसँग भारतको सम्बन्ध कस्तो हुने ? यही राजनीतिक पृष्ठभूमिका कारण प्रधानमन्त्री भारत भ्रमणका क्रममा उठाइने एजेण्डा, दुई देशबीच हुने सम्भावित सम्झौता र त्यसको परिणामलाई निकै महत्वका साथ हेरिएको छ । त्यसैगरी शाहको भारत भ्रमणमा कालापानी, लिम्पियाधुरा र लिपुलेक तथा सुस्तालगायतका सीमा क्षेत्रको विषयले पनि विशेष महत्व पाउछ वा पाउँदैन ? आम चासोको बढेको छ । आखिर प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका मुख्य एजेण्डा के–के हुन् ? वर्षौँदेखि थाती रहेका सीमा विवाददेखि विकास आयोजना र आर्थिक सहकार्यका विषयमा भ्रमणले कस्तो निकास दिन सक्छ ?