काठमाडौं– वर्षौं पुरानो साउथ इन्डियन ब्लकबस्टर फिल्म ‘सिएम भरत’ मा एउटा दृश्य छ, जहाँ भरत प्रदेशको मुख्यमन्त्री भएको केही समयमै शहरको ट्राफिक व्यवस्थापनका लागि तोकिएको जरिवानालाई एकै पटक १० गुणाले बढाइन्छ । ठीक त्यही दृश्यको झल्को दिने गरी नेपाल सरकारले पनि ट्राफिक नियम उल्लंघनमा निर्ममता देखाउने भएको छ । सरकारले तयार पारेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ पारित भएमा ट्राफिक नियम उल्लंघन गर्ने जो–कोहीले अहिलेको भन्दा दोब्बर–तेब्बर बढी जरिवाना तिर्नुपर्ने हुन्छ ।
वर्षौँदेखि काठमाडौँ लगायत देशका मुख्य शहरहरूमा बढ्दै गएको सवारी चाप र ट्राफिक नियम उल्लंघनका घटनाले शहरी व्यवस्थापनमाथि प्रश्न उठाउँदै आएका छन् । यसैका लागि पहिलेका सरकारले तयार पारेको ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध कसुर अनुसार जरिवाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयकमाथि अहिले पूर्वाधार विकास मन्त्रालयले छलफल अघि बढाएको छ । विधेयकमा कसुर अनुसार फरक–फरक परिमाणमा जरिवाना लिने व्यवस्था गरिएको छ । तर, सरकारले उक्त विधेयक पारित गरी कार्यान्वयनमा ल्याउनु अगावै यो चर्चा र विवादमा तानिएको छ । नियम उल्लंघन गर्नेविरुद्ध तोकिएको चर्को जरिवाना रकमको विषयले संसदमा समेत प्रवेश पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले यदि आम नागरिकले नियम उल्लंघन गरेबापत १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ भने सरकारले पनि आफ्ना गल्तीमा जरिवाना तिर्नुपर्ने प्रस्ताव गरेका छन् ।
Uncategorized


प्रतिक्रिया