काठमाडौं– जनताको बहुदलीय जनवाद (जबज), जसलाई नेकपा एमालेले आजसम्म पनि वैचारिक धरातलका रूपमा प्रयोग गरी आफ्नो राजनीतिक दुनो सोझ्याइरहेको छ, त्यही सिद्धान्तका प्रतिपादक मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा पार्टी अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल र प्रभावशाली नेता झलनाथ खनाल एउटै मञ्चमा उपस्थित भएर नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गरे । यसले नेपालमा कम्युनिष्ट शक्तिहरूको एकताबारे फेरि बहस सिर्जना गरेको छ । तत्कालका लागि पार्टी एकताभन्दा पनि कार्यगत सहकार्यमा बढी जोड दिने बताइरहँदा, उनीहरूले सडक र सदनमा देखाउने गतिविधिले अहिले नै कार्यगत एकतामा रहेको छनक दिन्छ । सदनमा एउटाले गरेको विरोधलाई अर्काले समर्थन गर्ने र सडकमा सरकारको विरोधमा सँगै देखिनुले पनि यही संकेत गर्छ । नयाँ शक्तिको आगमनले, विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति र प्रधानमन्त्री बनेका बालेन्द्र शाहको मिलनले चुनावमा एकैपटक बढारिएपछि कम्युनिष्टहरूमा पुनर्मिलनको छटपटी बढेको बुझिन्छ । त्यसैले, गत वर्षको भदौ २४ गते अघिसम्म सत्तोसराप गर्दै एकअर्काको मुखसमेत हेर्न नचाहनेहरू अहिले एउटै मञ्चमा उपस्थित हुँदै कम्युनिष्ट शक्तिहरू एक भएर आन्दोलनलाई जोगाउनुपर्ने निष्कर्षमा पुग्न बाध्य भएका छन् ।
Uncategorized


प्रतिक्रिया