मनोरञ्जन

केटी माग्दा नदिएपछि म(दोश्रो भाग)

योहो संवाददाता

काठमाडौँ – झमक्कै साँझ परिसकेको थियो । पूर्वी दिशामा जुनको उदय भयो । घरको तलामाथि एकदम सुनसान वातावरणछ । मनभित्र नानाथरिको कुरा सम्झदै सम्झदै निक्कै लामो समयसम्म म एक्लै त्यहाँ बसिरहेको थिएँ । तर केहिबेरमा शून्यतालाई भङ्ग गर्दै, “काका ! तपाइँ कता हुनुहुन्छ ?” काठे भर्याङबाट माथि उक्लिदै गर्दा माइँली बुहारीले छाडेको प्रश्न अचानक मेरो कानमा आएर गुन्जन्छ ।

उनको आवाज हावाको बिलिन हुन पाउँदा नपाउँदै, “म यता कुनामा लुकिरहेको छु,” डराइ डराइ छोटो उत्तर फर्काउँछु ।

“नाना ! जानु भयो नि।”

“ए ! हो र ? अनि तारा पनि गइन कि ?”

“अँह ! उनी गाकी छैनन् ।”

बुहारीसँग संक्षिप्तमा कुरो हुन्छ । अहिले जस्तो गाउँमा बिजुलि बत्ति थिएन । कोठा चकमन्न अँध्यारो थियो । बन्द भएको झ्यालहरुका जोर्नीहरुदेखि अलिअलि जुनकोप्रकाश कोठाभित्र छिरिरहेको थियो । तिनै उज्यालोको सहयोगले म सुस्तरि हिँड्दै लिस्नोको नजिकैपुग्छु । त्यसपछि उनी अगाडि अगाडि र म उनको पछाडि पछाडि मुनि तलामा झर्छौं ।

भान्सा कोठामा पुग्दा अगेनामा आगो दनदनि बलिरहको थियो । खास्सै आगोको के रमिता हुन्थ्यो र ? तैपनि ताराले तिनै बलेको आगोको निरन्तर रमिता हेरिरहेकी थिइन । उनलाई त्यस्तो अवस्थामा देखेपछि सायद आगोको रमिताभन्दा पनि मसँग बिहे गर्ने वा नगर्ने भनेर मनभित्रैदेखि बाढीको भङ्गालो छुटिरहेको होला भन्ने ठानें । अझै उनकी नजिक पुगेर के पनि सोच्न थालें भने उनलाई लिन आकी आमा तफर्कि हालिन । उनी सायद मसँग बिहे गर्नकै लागि यहाँ बसेकी होली भन्ने मलाई लाग्यो ।

अब जे सुकै होस् है । आखिर मैले पनि एकदिन बिहे गर्न नै पर्छ । उनलाई नै बिहे गर्छु �