पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।
इन्टर मिलानलाई ५–० ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो । फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २ तथा हाकिमी,ख्विचा र सेनीले १–१ गोल गरे।इन्टरले खेलभर खासै आक्रमण गर्न सकेन ।
पिएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।
लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता स्टार खेलाडीले क्लब छाडेपनी पिएसजी च्याम्पियन्स लिग जित्न सफल भएको छ ।यसअघिको सन् २०२० मा पिएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो। त्यति बेला पिएसजी बायर्न म्युनिखसँग १–० गोलले पराजित भएको थियो।
प्रतिक्रिया