काठमाडौं– साविक विजेता अर्जेन्टिनालाई १–० गोलले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फेरान टोरेस स्पेनका लागि नायक बने । उनले खेलको १०६औँ मिनेटमा अर्जेन्टिनी गोलकिपर मार्टिनेजलाई छक्याउँदै गोल गरे । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राख्यो । स्पेनले सन् २०१० मा पछिल्लोपटक विश्वकपको उपाधि जितेको थियो । यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।
यसैबीच, स्पेनका कप्तान रोड्री हर्नान्डेजले फिफा विश्वकप २०२६ को गोल्डेन बल अवार्ड जितेका छन् । विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका रोड्रीले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जितेका हुन् । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी, फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई पछि पारेका हुन् । अर्जेन्टिनाका कप्तान मेसीले शिल्भर बल जिते भने फ्रान्सका कप्तान एमबाप्पेले ब्रोन्ज बल जिते । यस्तै स्पेनका गोलकिपर सिमोनले उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जिते भने स्पेनकै पाउ कुवार्सीले युवा खेलाडीको अवार्ड जितेका छन् ।


प्रतिक्रिया