Breaking

चोलेन्द्रको नेक्सस् :ओली–देउवासँग साँठगाँठमा रवि, बालेन फायर,संसद ब्युँताउनेदेखि गगन हराउनेसम्म खेल

योहो संवाददाता

काठमाडौं– विवादित छविकै कारण बेलाबेला चर्चामा आइरहने पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा एक्कासि पक्राउ परेपछि अहिले राजनीतिक वृत्त नै तरंगित बनेको छ । विगतमा भ्रष्टाचार गरेको आरोपदेखि न्यायिक नेतृत्वमा असक्षम सावित भएका राणामाथि संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भागबन्डा खोज्नेसम्मका चलखेल गरेको आरोप छ । उनका विवादित गतिविधिकै कारण तत्कालीन संसदले उनीविरुद्ध महाअभियोग समेत लगाएको थियो । महाभियोगकै कारण निलम्बित भएका उनी चोखिन नपाउँदै सेवाबाट बर्हिगमन भएका थिए । तर अहिले फेरि चोलेन्द्रको चकचकी बढ्न थालेपछि वर्तमान सरकारले उनलाई रातारात पक्राउ ग¥यो । मध्यराति पक्राउ गरी केही घण्टापछि किन रिहा गरियो भन्दै जति नै बाहिरी नाटक मञ्चन गरिए पनि उनी पक्राउ पर्नुको भित्री रहस्य भने अर्कै छ । उनको गिरफ्तारीले उनलाई भन्दा पनि यी तीन भीभीआईपीलाई भने नराम्रोसँग धक्का लागेको छ ।