खेलकुद

महिला बडीबिल्डिङमा रिपु घर्तीले जितिन उपाधि

योहो संवाददाता

काठमाडौं – छैठौँ मिस्टर काठमाडौं अन्तर्गत महिला बडीबिल्डिङतर्फ रिपु घर्ती ले उपाधि जितेका छिन् । काठमाडौं बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा सम्पन्न छैठौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०८३ मा विभिन्न सात तौल समूहसहित मेन्स स्पोर्ट्स फिजिक, मेन्स एथलेटिक फिजिक, मेन्स जुनियर, मेन्स मास्टर्स, महिला एथलेटिक फिजिक र महिला बडीबिल्डिङ विधामा प्रतिस्पर्धा भएको थियो । जितसंगै घर्तीले नगद पचास हजार सहित ट्रफी प्राप्त गरेकि छिन् ।

यस्तै महिला फिजिकतर्फ जुनी राई प्रथम भएकी छिन् भने पुरुष बडीबिल्डिङतर्फ सगेन्द्र सिंह ले ओभरअल उपाधि जितेका छन् । प्रतिस्पर्धामा देश भरका विभिन्न स्थानबाट खेलाडीहरूले सहभागिता जनाएका थिए ।