काठमाडौं– सुशासनको नारा दिएर आएको बालेन शाह नेतृत्वको सरकार बनेपछि पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री पक्राउ परे । विभिन्न उद्योगीहरूलाई पक्राउ गरिए । तर, अदालतको आदेशपछि उनीहरूलाई छाड्नुप¥यो । ठिक त्यस्तै अवस्था फेरि दोहोरिएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार बिहान करिब ३ बजे महाराजगन्जस्थित निवासबाटै प्रहरीले नियन्त्रणमा लियो । नेपालको न्यायिक इतिहासमै यो पहिलो र अप्रत्याशित घटना हो । सुरक्षा, कानुनी प्रक्रिया र राजनीतिक उद्देश्य—यी तीनवटै कोणबाट अहिले सरकार प्रश्नको घेरामा परेको छ । प्रहरीले भने उनलाई सुरक्षा चुनौती देखिएपछि ‘सुरक्षित स्थानमा राख्न’ कार्यालयमा ल्याइएको दाबी गरेको छ । तर, सुरक्षा खतरा के थियो, कसबाट थियो र किन घरमै सुरक्षा बढाइएन भन्ने प्रश्न भने अनुत्तरित नै छ । प्रहरी टोली आइतबार बिहान करिब ३ बजे जबराको महाराजगन्जस्थित निवास पुगेको थियो । परिवारका अनुसार प्रहरीले जबरालाई आफूमाथि सुरक्षा चुनौती रहेको भन्दै साथमा जान आग्रह गरेको थियो । तर जबराले घरमै थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरेका थिए ।
Breaking


प्रतिक्रिया