मनोरञ्जन

एउटा असम्भव यात्रा !

योहो संवाददाता

झन्डै पैंतिस बर्ष अगाडिको कुरो हो । उ बेला म निकोशियामा थिएँ । निकोशिया साइप्रसको राजधानी एबम दुई देशमा बिभाजित एउटा सहर । जहाँ आधा ग्रिक साइप्रियोट र आधा टर्किस साइप्रियोट मानिसहरु बस्ने गरेका छन् । अझै मेसो पुर्याएर भन्ने हो भने यसो भनौं । त्यतिबेला म बेलायती गोर्खा सेनामा थिएँ । तर छ महिने करारमा संयुक्त्त राष्ट्र संघिय शान्ति सेनामा कार्यरत थिएँ ।

साइप्रस भूमध्य सागरमा अवस्थित एउटा टापु हो । गृष्मकालिन समयमा त्यहाँ अचाक्लि गर्मी हुने गर्छ ।गर्मीको समयमा निरन्तर काम गर्न त्यहाँ असम्भव छ । त्यसैले छ महिनाको करारमा हामीलाई दुई हप्ताको छुट्टी मिल्थ्यो । उक्त्त छुट्टीको समय सदुपयोग गर्नको लागि म जेनतेन इजिप्टको राजधानी कायरो जान्छु । र,गिजाको पिरामिड फनफनि चक्कर मारेर फिर्छु भन्ने योजना बुनेको थिएँ ।

आखिर मानिसको मनभित्रको योजना न हो । यो जीवन जस्तै अस्थायी हुन्छ । कतिपय योजनाहरु बन्छन् तर हुर्केर बढ्न नपाउँदै ढल्छन् वा मर्छन् । तर मेरो भित्रि हृदयदेखि बढ्दै बढ्दै आएको योजनालाई त्यतिक्कै मार्न सकेको थिइन ।कायरो जानै पर्छ र पिरामिड हेर्नै पर्छ भनेर एकसुरले कम्वर कसिरहेको थिएँ । तर आफैले सोचेको त्यस्तो कुराले निक्कै लामो समयसम्म मनभित्र केहि छटपट्टी र चिन्ता पैदा गरिरह्यो । चिन्ताको औषधी हुँदैन भन्ने लाग्यो । त्यसैले चिन्ता मेट्नको लागि अर्को दिन हाम्रोटुकटीको सार्जन्ट गुरुजीलाई भेट्न उहाँको कार्य कक्षामा पुगें ।त्यहाँ पुगेर सुरिलो पोजिसनमा खडा भएर बेलिबिस्तार लगाउँदै गर्दा, –

“भर्खर एक छुट्टी गएर फिरेको काने न काने छस् ।उम्रदै तीन पात नबन । तेरो गुरुजी त अहिलेसम्म पिरामिड जान पाएको छैन् । आइगइस् तँ खुबैपिरामिड घुम्नजाने । जान पाउँदैनस् जा ड्युटी गइहाल ।”

गुरुजीको मुखदेखि मेरै मुख अगाडि छिछि र धुरधुरको आवाज पोखियो । एकदम जुनियर थिएँ त्यसैले दोश्रो पटक बिन्ति जाहेर गर्न मलाई हिम्मत चलेर आँउदै आएन । तर उहाँको कुरो सुनेर अनायसै मेरा आँखाहरु तिलमिलाए । अनुहार तातिएर राता पिरा भए । मनभरि हजारौ सपनाहरु थिए । उहाँको एक वाक्यंशले सबै जलेर खरानी भए र हावाभरि तितरबितर हुँदै बिलय भइहाले ।

नभन्दै पल्टन घरमा थिएँ । अनिपल्टन घर भनेको पल्टन घर नै हो । जहाँ ढुङ्गालाई आलुभन्दा – हो हजुर ! आलु नै हो, भन्ने प्रारम्भिक शिक्षा पढाइएको हुन्थ्यो । हुनत त्यहाँ जस्तो सुकै पढाइएको भएता पनि मेरो मनमा बर्षौ अगाडिदेखि पिरामिड जाने रहर पलाएका थिए । त्यो सबै सिसाझै फुटेर चक्नाचुर भए । भित्रिमनदेखि उथलपुथल भैरहेका भावनाहरु सँगालेर पार्क गरेर राखिरहेको आफ्नो थोत्रो ट्रकतिर फिरें । किनभने पल्टनमा म मामुलि ट्रक चालक थिएँ । र, मैले अधिकतम समय संयुक्त्त राष्ट्र संघको बिभिन्न सैनिक क्याम्पहरुमापेट्रोल वा डिजेल बाड्ने कार्य गर्थे ।

हुनत समय समय नै हो । आखिर यो परिवर्तन भैरहन्छ । बिहान हुन्छ, बेलुकि हुन्छ । यो आउँछ र जान्छ । यस्तै समय समयमा जीवनका घनघश्या उकालीहरु कति चढियो र कति ओराली झरियो । तर पिरामिड घुम्ने मेरो रहर मानसपटलदेखि कहिले बिलय हुन सकेको थिएन । सैनिक जीवनदेखि निबृत भैसकेपछि पहिले जस्तै सार्जन्ट गुरुजीत हुन्थेन । त्यसैले नागरिक जीवन यापन गर्ने क्रममा सैनिक नियम लागु हुने कुरो पनि भएन । निबृत भएपछि यसो दुईचार पैसा जोहो गरें र पुनः पिरामिडको यात्राको योजना बनाइ हालें ।

अहिले तिनै बिस्मृतिका पानाहरु सरर एकचोटी पल्टाएर ल्याउँदा त्यस्तै सन् २०११ तिरको कुरो हो । त्यतिबेला मेरी अर्धाङ्गिनी तारासँग थियौं । नर्वेजियन पानीजहाज कम्पनीको एउटा पानीजहाज चढ्यौरआशडोड, इजरायल पुगेका थियौं । मान्छे, म अलिक रहरे पनि रहेछु । त्यसैले मेरो गिजाको पिरामिड बाहेक अन्य स्थानहरुपनि जाने प्रशस्तरहरहरु थिए । पानीजहाज आशडोड बन्दरगाहमा पुगेर दुई दिनको लागि रोकिन्छ । त्यसपछि हामी एउटा ट्याक्सि समात्छौं र तेलअभिवसुइकिन्छौं । तर त्यो सहरमा हाम्रा मन त्यति धेरैबेरसम्म थामिदैन । हतारहतार जेरुसेलम जाने निधो गर्छौं । र, अर्को ट्याक्सि समातेर त्यताहानिन्छौं ।

“मानिसहरु जेरुसेलमलाई एउटा पवित्र स्थल मान्ने गर्छन् । त्यसैले यहाँ आउँने एउटा अभीष्ट रहर थियो । आज सो पनि पुरा भयो,” पश्चिमी पर्खालमा पुगेर ट्याक्सिदेखि झर्दै गर्दा तारासँग बोल्ने बहाना झिकिहालें ।

“तपाइँको रहरहरु पनि के थोरै छन् र ? खै ! एक जुनीमा पो पुरा हुन्छ कि हुँदैन ?म त एकदम दुविधामा नै पो छु,”पहिले एकचोटी मुख बङ्ग्याउँछिन् त्यसपछि त्यति भन्छिन् ।

उनले मुख खोलेपछि मेरो मुख अनायसै बन्द हुन्छ । त्यसपछि हामी नबोलि नबोलि एकछिन हिड्छौं । सुस्तरि कदम चालेर हिड्दै गर्दा यहुदीहरुको पश्चिमी पर्खालमा पुग्छौं । मन्दिरको तीनतिरको पर्खाल भत्केर नष्ट भएतापनि पश्चिमी पर्खालमात्र बाँकी रहेको दृश्य देखिन्छ । तिनै पर्खालको नजिकै पुगेर तारालाई, –

“यहाँ मनमा इच्छा लागेको कुरो कागजको टुक्रामा लेखेर राख्यो भने पुग्छ रे । तिमी पनि केहि लेख्छौ कि ?” इच्छापत्र चढाउने नियम सुनाउँदै उनलाई सानो स्वरमा सोध्छु ।

“ए ! हो र ? के पुग्थ्यो होला र ? मेरो रहर त तपाइँलाई पाउनु थियो । पहिले नै पुगिहाल्यो नि,” कुटनीतिक जबाफ फिर्छ ।

त्यसपछि, म पुरुषहरु र उनी महिलाहरु जान पाउने स्थान तिर जान्छिन् । आ-आफूलाई मनमा लागेको कुराहरु कागजका स-साना टुक्रामा लेखेर पर्खालको भित्तामा रहेका दुलामा घुसारेर फिछौं