भारत । राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ ।
आज बिहान भएको दुर्घटनामा कैयौँ मानिस घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।
प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेस रेलका थुप्रै प्यासेन्जरहरु स्टेसनमा जम्मा भएका थिए । सबैजना रेल चढ्न तछाडमछाड गर्दा भागदौड मच्चिएको मन्त्रालयका प्रवक्ता दिलिप कुमारले बताएकाछ्न । घाइतेहरुलाई लोक नायक अस्पतालमा भर्ना गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र रेलमन्त्री अश्विनी वैष्णवले भागदौडमा ज्यान जानेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्यलाभको कामना गरेका छन् ।


प्रतिक्रिया