काठमाडौं– प्रधानमन्त्री बालेन शाहले सशक्त टिम बनाएर सरकार हाँकिरहेका छन् । आगामी पाँच वर्ष विपक्षीले तोप नै पड्काए पनि उनी नेतृत्वको सरकार डगमगाउने अवस्थामा छैन । त्यस्तै सशक्त टिम बनाएर रवि लामिछानेले रास्वपा हाक्ने भएका छन् । चितवनमा सम्पन्न पहिलो महाधिवेशनमार्फत उनले आफूले चाहेअनुसारकै नेता संम्मिलित पदाधिकारी टिम निर्माण गरेका छन् । अव थप मनोनयनपछि यो टिम अझ सशक्त बन्नेछ । उपसभापति स्वर्णिम वाग्ले, सोविता गौतम, महामन्त्री विपिन आचार्यदेखि सहमहामन्त्रीसम्ममा उनले चाहेकै व्यक्ति विजयी भएपछि अव रास्वपालाई ४ नम्बरको गेयरमा कुँदाउने उनको रणनीति छ ।
देश


प्रतिक्रिया