काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा थाइल्यान्डले लगातार तेस्रो जितनिकालेको छ ।
आज कीर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा भएको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हराएको हो । थाइल्यान्डले दिएको ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ ओभर ५ बलमा ६९ रनमा अलआउट भयो ।
नेदरल्यान्ड्सका कप्तान बबेते डी लीडेले २५, आइरिस ज्विलिङ्गले १३, क्यारोलिन डी लाङ्गेले १० रन बनाएपनिअन्य खेलाडीकाले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यस अघि कीर्तिपुरको त्रिविक्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्ड १९ ओभर ५ बलमा ८६ रनमा अलआउट भयो ।
थाइल्यान्ड लगातार तेस्रो जीतसहित ६ अङ्कजोडेर तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल लगातार ३ वटा खेलमाहार बेहोर्दै पुछारमा छ । प्रतियोगितामा भोलि नेपाल र थाइल्यान्ड खेल्नेछन् ।
प्रतिक्रिया