Breaking

बालेनको रफ्तारमा चार पक्राउले ब्याकफायर, चोलेन्द्र र दुर्गा प्रकरणमा कसले फसायो ? हिट लिस्टमा को ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– बालेन्द्र शाहले सत्ताको बागडोर सम्हालेदेखि नै आफूलाई ‘एक्सन ओरिएन्टेड’ प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका छन् । कुनै पनि निर्णयलाई प्रक्रियागत रूपमा भन्दा पनि सिधै निर्देशनका भरमा कार्यान्वयन गराउने शासन शैली उनले स्थापित गर्दै लगेका छन् । यो शैलीलाई एकातिर ‘प्रोएक्टिभ प्रधानमन्त्री’ भन्दै प्रशंसा गरिए पनि अर्कोतर्फ शक्तिको आडमा विधि, कानुन र प्रक्रिया मिचेर गरिएका निर्णय निरङ्कुशता र स्वेच्छाचारिताको पराकाष्ठा भएको भन्दै चर्को आलोचना भइरहेको छ । सरकार गठनको ६ महिना बित्दै गर्दा प्रधानमन्त्री शाह र उनको सचिवालयको बढ्दो स्वेच्छाचारी शैलीप्रति जनमानस र राजनीतिक वृत्त मात्र होइन, आफ्नै पार्टीका रास्वपा सांसदहरूसमेत आजित भएर खुलेआम विरोधमा उत्रिन थालेका छन् । तर, शक्तिको उन्माद र इगोले ओतप्रोत सचिवालयले आफ्नो कार्यशैलीमा कुनै सुधार ल्याउन सकेको छैन । फलस्वरुप, राज्यका स्वायत्त र स्वतन्त्र निकायहरू दिनप्रतिदिन लाचार बन्दै गएका छन् । अहिले सरकारका लागि सबैभन्दा प्रत्युत्पादक बनेको विषय भनेको स्वेच्छाचारी पक्राउको शृङ्खला नै हो । प्रधानमन्त्री कार्यालयको ठाडो निर्देशनमा गरिएका गिरफ्तारीले सरकारको शैली र छविलाई थप धुमिल बनाइदिएको छ ।