संयुक्तराष्ट्रसंघ एजेन्सीले इजरायल र हमासबीचजारी द्वन्द्वका कारणइन्धनको अभावले युद्धग्रस्त गाजामा एजेन्सीका गतिविधि दुई दिनभित्र बन्द हुने चेतावनी दिएको छ ।
इन्धन अभावमा मानवीयकार्य आगामी ४८ घण्टामा रोकिने अवस्था आएको एजेन्सी गाजा प्रमुख थोमस ह्वाइटले बताए । इन्धन अभावले गाजामा अस्पताल लगायत अत्यावश्यक सेवा प्रदायक निकायले समेत सेवादिन नसक्ने विषम परिस्थिति सृजनाभएको छ।
इजरायली आक्रमणका कारण उत्तरी गाजापट्टीमा प्यालेस्टिनी अस्पतालहरूले समेत सेवाबन्द गरेका छन्।
प्रतिक्रिया