देश

सामसङ स्मार्ट प्लाजा अब धनगढी र कैलालीमा


काठमााडौँ — नेपालका लागि सामसङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ । हिम इलेक्ट्रोनिक्सका भाइस प्रेसिडेन्ट प्रभाकर शमशेर थापा र कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सका कलाधर ठाकुरद्वारा २६ फाल्गुनमा सो प्लाजाको उद्घाटन गरिएको थियो । सुविधा सम्पन्न यस सामसङ स्मार्ट प्लाजा, ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध छ ।

ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याई सामसङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्नेछन् । यससँगै, ग्राहकहरूले हुलास फिन सर्भमार्फत सजिलै किस्ताबन्दिको सेवा पनि प्राप्त गर्न सक्ने बताईएको छ । उक्त अवसरमा प्लाजाका प्रबन्धक शिव शङ्कर ठाकुरले धनगढीका ग्राहकहरूको बढ्दो मागको आपूर्तिका निम्ति यस सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताए ।