खेलकुद

फुटबलर ड्यानी अल्भेस गिरफ्तार


काठमाडौँ — बार्सिलोनामा पूर्व डिफेण्डर ड्यानी अल्भेस गिरफ्तार भएका छन् । एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनको प्रहरीले उनलाई पक्राउ गरेको हो । समाचार एजेन्सी ईएफईका अनुसार पीडितले ३० डिसेम्बरको राती पुमासका खेलाडीले आफ्नो गोप्य अंगमा इच्छा विपरीत छोएको भन्दै प्रहरीसमक्ष उजुरी गरेकी थिइन् ।

त्यही उजुरीका आधारमा प्रहरीले उनलाई पक्रेको हो । प्रहरीले उनलाई अदालतमा उपस्थित गराउने बताएको छ । आल्भेस अहिले पुमास भनिने मेक्सिकोको क्लब युनिभर्सिटी नेशनलमा आवद्ध छन् ।