Breaking

विश्वको सबैभन्दा कान्छी प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा


काठमाडौँ — न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले अर्को महिना पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले आफ्नो लेबर पार्टीका सदस्यहरूको बैठकमा यस्तो घोषणा गरेकी हुन् । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले अर्को महिना राजीनामा दिने घोषणा गरेकी छिन् । सन् २०१७ मा जसिन्डा आर्डेनले गठबन्धन सरकारको नेतृत्व गर्दै केन्द्र–वामपन्थी लेबर पार्टीको नेतृत्वमा तीन वर्षपछिको चुनावमा व्यापक विजय हासिल गराएकी थिइन् ।

उनले ६ वर्षसम्म यो ‘चुनौतीपूर्ण’ पदलाई सम्हाल्नका लागि आफूले कडा मेहनत गरेको बताईन् । अब अर्को चार वर्षमा योगदान दिनका लागि खासै केही बाँकी नरहेको पनि उनले बताइन । उनले फेब्रुअरी ७ सम्ममा लेबर पार्टीको नेताबाट राजीनामा दिने बताएकी छिन् । त्यसपछि आगामी दिनमा उनको उत्तराधिकारी चयनका लागि मतदान हुनेछ । यस वर्षको अक्टोबर १४ मा न्युजिल्याण्डमा आम निर्वाचन हुँदैछ । विश्वको सबैभन्दा कान्छी महिला राष्ट्र प्रमुख पनि हुन् जसिन्डा आर्डन ।

उनले देशको अन्तिम वामपन्थी प्रधानमन्त्री हेलेन क्लार्कको कार्यालयमा काम गरिन् । यसबाहेक उनी बेलायतमा टोनी ब्लेयरको सल्लाहकार पनि थिइन । उनले चुनावी प्रचारमा समाजमा रहेका असमानताका बारेमा कुरा गर्थिन् । राजनीतिमा उनलाई केही कुराले आकर्षित गर्छ, यसबारे कुरा गर्दै कुनैबेला आर्डर्नले भनेकी थिइन् ‘भोकसँग संघर्ष गरिरहेका बालबालिका र जुत्ता बिनाका खुट्टाले मलाई राजनीतिमा प्रवेश गर्न प्रेरित गर्यो । सन् २००८ मा लेबर पार्टीको टिकटमा संसदमा पुगेकी आर्डर्न सन् २०१७ को अगस्टमा लेबर पार्टीको नेता निर्वाचित भएकी थिइन । आर्डन गठबन्धन सरकारमा २०१७ मा न्यूजिल्यान्डको प्रधानमन्त्री बनिन् ।

सन २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भएकी जसिन्डा आर्डर्न त्यतिबेला विश्वकै कान्छी महिला राष्ट्रप्रमुख बनेकी थिइन । जसिन्डा आर्डर्नको लेबर पार्टीले अक्टोबर २०२० मा भएको चुनावमा बहुमत ल्याएको थियो । त्यसपछि उनको पार्टीले २०२० मा सरकार बनायो र अर्डर्न फेरि प्रधानमन्त्री भइन । आफ्नो कार्यकालमा जेसिन्डाले कोरोना महामारी र यसकाण आउने मन्दी, क्राइस्टचर्च मस्जिदमा भएको गोलीबारी र ह्वाइट आइल्याण्डमा ज्वालामुखी विस्फोटजस्ता थुप्रै चुनौती देखिन् ।

उनले भनिन ‘शान्तिको समयमा देशको नेतृत्व गर्नु एउटा कुरा हो, तर संकटको समयमा त्यसो गर्नु ठूलो चुनौती हो । यी घटनाहरु मेरो चिन्ताका कारण हुन किनभने यी घटना ठुला थिए, असाध्यै ठुला घटना र एकपछि अर्को आइरहे । यतिबेला हामी शासनको काम हेरिरहेका छौँ भनेर कुनै समय लागेन । २०२० मा जसिन्डा आर्डर्नको नेतृत्वमा रहेको लेबर पार्टीले ठूलो बहुमतका साथ जित हासिल गरे पनि पछिल्ला महिनाहरूमा देशभित्र उनको लोकप्रियता घटेको छ ।

यद्यपि, लेबर पार्टीले चुनाव नजित्ने भएकोले आफूले राजीनामा दिन नलागेको पनि स्पष्टिकरण दिइन् । उनले लेबर पार्टीले चुनाव कुनै पनि हालतमा जितोस भनेर चाहिँ यसो गर्न लागेको बताइन । २०१८ मा, उनी पदमा रहँदा बच्चालाई जन्म दिने विश्वको दोस्रो राष्ट्र प्रमुख बनिन । यसअघि सन १९९० मा पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोले प्रधानमन्त्री हुँदा छोरीलाई जन्म दिएकी थिइन । उनी पदमा रहँदा आमा बन्ने विश्वकै पहिलो नेता थिइन् ।