Breaking

हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर छ : पर्यटन मन्त्री


काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउँदै किरातीले हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएका हुन् । ‘पोखरामा भएको जहाज दुर्घटनाप्रति सरकार दु: खी छ । हवाई क्षेत्रमा पूर्वाधार सुधार गर्दै यस सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर छ,’ उनले भने ।

मन्त्री किरातीले मृतकहरूले श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् । संसदमा नेपाली कांग्रेसले दुर्घटनाबारे जानकारी दिन माग गरेका गरेपछि पर्यटनमन्त्रीले जवाफ दिएका हुन् ।

पोखरा जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको उनले बताए । एकजना शिशुको शव खोजी कार्य जारी रहेको किरातीको भनाइ छ ।