Breaking

रेशम चौधरीलाई ओलीको फोन


काठमाडौँ — नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई फोन गरेका छन् । काठमाडौंको डिल्लीबजार जेलमा रहेका चौधरीलाई बुधबार दिउँसो ओलीले फोन गरेर माघ महिनाभित्र गुट न्यूज आउने बचन दिएका हुन् । ओलीले फोन गरेर सुदूरपश्चिम प्रदेश सरकार गठनमा सहयोग माग्नेक्रमा यस्तो बचन दिएको चौधरी निकट एक नेताले बताए । ‘रेशमजीलाई केपीजीले फोन गर्नुभयो माघ महिनाभित्र गुड न्यूज आउँछ ।

त्यसमा मैले तपाईलाई विश्वास दिलाउन चाहन्छु’ ओली चौधरी संवादका विषयमा ति नेताले भने, ‘तपाई रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा सहयोग गर्नुपर्यो । अब मिलेर जाउँ भन्ने छ ।’ ओलीले माघ महिनामा गुट न्यूज आउने बचन दिएपछि चौधरीले ओलीलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

यदि माघ महिनाभित्र टिकापुर घटनाको मुद्दा फिर्ता नलिएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चौधरीले चेतावनी दिएको ती नेताले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष ओलीले आज बिहान पनि चौधरीलाई फोन गरेका थिए ।