अर्थनीति

नेपालमै पहिलो पटक पानासोनिक लाइफ सोलुसन शोरुम


काठमाडौँ — भारत विद्युतीय निमार्ण सामग्री (इसिएम) को सबैभन्दा ठूलो घरेलु उत्पादक मध्ये पानासोनिक लाइफ सोलुसन्स इन्डीयाले नेपालमा पहिलो पटक शोरुम संचालन गरेका छन् । कम्पनीले सार्क क्षेत्रमै २१ औँ र नेपालमा पहिलो पटक हाउजिङ सोलुसन फ्रेन्जाइज सोरुम संचालमा ल्याएको हो । इसिएम स्पेस बाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोक्निस,पावार,हाउजिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा काम गर्दै आएको छ ।

अत्याधुनिक पत्पादन डिजाइनका साथ शोरुमले उत्कृष्ट—स्तरीय मोड्युलर किचेन्स वार्डरोब इलेक्ट्रोनिक ट्वाईलेट सिट लुगा सुकाउने प्रणाली रिभोल्भिङ सुज र्‍याक जस्ता उन्नत पानासोनिक हाउजिङ सोलुसन जस्ता आकर्षक छनौट सहितका उत्पादनहरु सोरुममा उपलव्ध गराउने छ । कम्पनीलृ अर्को पुस्ताको प्रविधिको अनुभव लिन सहज बनाउदै आवासीय व्वसायिक र औद्योगिक क्षेत्रका लागि जुत्ता र्‍याक र सिटेड शावर जस्ता उत्पादन पनि ल्याने छ ।

पानासोनिक लाइफ सोलुसन इन्डियन प्राइभेट लिमिटेडले पानासोनिक ब्राण्डमा विभिन्न इलेक्ट्रिक प्रडक्टहरू उत्पादन गर्दछ । लामो समयको इतिहास बोकेको उक्त कम्पनी नेपाली बजारमा चिरपरिचित नाम हो । करिब ३० भन्दा बढी मुलुकमा आफ्नो व्यापारिक सम्बन्ध विस्तार गरेको उक्त कम्पनीले नेपाललाई उत्कृष्ट बजारको रूपमा हेरेको कम्पनीका बिजनेस हेड बिसाल नाँगनिया बताउँछन् । फिन इलेक्ट्रो टेक २०२२ मेलाको सन्दर्भमा अर्थ डबलीका प्रतिनिधिले गरेको कुराकानीको सार संक्षेपः

कम्पनीको सुरुवातः

विश्वभर आफ्नो परिचय दिन सफल पानासोनिक लाईफ सोलुसन इन्डियन प्राइभेट लिमिटेड कम्पनी सन १९६३ मा स्थापना भएको थियो । आफनो गुणस्तर र व्यवस्थापनमा नामी उक्त कम्पनी इलेक्ट्रीकल कन्र्सट्रक्सन प्रोडक्सको निर्माण तथा बिक्री वितरण गरिरहेको भारतीय कम्पनी हो ।

विश्व बजारमा उपस्थितिः

पानासोनिक विश्वको उत्कृष्ट कम्पनी हो । यसका प्रडक्टहरू नेपालसहित करिब ३० देशहरूमा ब्यापारिक सम्बन्धका साथ आफ्नो उपस्थिति छ ।

नेपालमा कम्पनीको उपस्थिति

विगत १० वर्षदेखि यस कम्पिनीका सामानहरू नेपाली बजारमा आइरहेको बिजनेस हेड बिसाल नंगालिया बताउँछन् । उनी भन्छन्, नेपाली बजार राम्रो छ र नेपाली बजारसँग सम्बन्ध पनि प्रगाढ छ । नेपाली जनताले हाम्रो बस्तुलाई मन पराउनु भएको छ त्यो नै ठूलो कुरा हो ।

कुन कुन विद्युतिय साग्रीहरू उपलब्ध छन् ?

हामीसँग विद्युतीय क्षेत्रका लगभग सबै प्रकारका सामानहरू उपलब्ध छन् । जस्तैस् वाईरिङ डिभाईस् ९स्वीच, सकेट, एसेसोरिज०, वारस र केवल, स्वीचगेएर, कनडुवट पाइप्स र बक्सेस, सोलार मोडयुल, इन्र्भरटर र सोलार इपिसि, रेसिडेन्टल र कमरसियल लाईटिङ, होम अटोमेसन, इन्डोर एर क्वालेटिर फ्यान, वाटर हिटर, इभि इन्फ्रास्टकचररचार्जर, हाउजिङ सोलुसन जस्तैः मोडुलर किचन, विद्युतिय टवाईलेट सिट, कपडा ड्राईङ सिस्टम लगायत उपलब्ध छन् ।

गुणस्तरः

सबैले आफनो सामानको गुणस्तर दाबी नै गर्दछन् तर, हाम्रो हकमा भने आजसम्म कम्पनीको उचाई अनुसार सबैलाई थाहै छ । उपभोक्ताको रोजाईमा पर्न नसकेको भए यो उचाईमा कहाँ पुगिन्थ्यो होइन रु तर, हामीले आफनो गुणस्तर मेनटेनको कुरामा के छ भने, हामीले अत्याधुनिक प्रविधिबाट उपभोक्ताको सुरक्षामा बिषेश ध्यान दिएर सामान निर्माण गरेका हुन्छौँ । सामानको गुणस्तरको मापनको लागि विभिन्न तहहरू छन् जुन मार्फत आउँदा सामानको गुणस्तरमा कुनै कम्परमाइज नै हुँदैन ।

उपभोक्ताले खरिद किन गर्ने ?

पहिलो कुरा गुणस्तर, भरपर्दो र विस्वासिलो प्रडक्टहरू छन् । विद्युतीय प्रोडक्टहरूको प्रयोग गर्दा विशेष त हामी सुरक्षालाई ध्यान दिनु जरुरी हुन्छ जुन कुरामा हामी उपभोत्तालाई पूर्ण रुपमा विश्वास दिलाउन सक्छौँ ।

बजारको अवस्था

बजारको अवस्था राम्रो छ, प्रतिस्पर्धा एकदमै छ तर, हामी आफनो वस्तुको गुणस्तरमा एकदमै सजग छौँ र उपभोक्ताले साथ पाएका छौँ । सबैभन्दा ठूलो कुरा नै उपभोक्ताको वर्ड अफ माउथ हो ।