Breaking

देउवाले किन रचे शंकाको खेल, ओली भन्छन्–माछा नभएको खोलामा कांग्रेसको जाल


काठमाडौँ — प्रतिकुल अवस्थाबाट गुज्रिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तत ः ऐतिहासिक विश्वासको मत पाएका छन । अपेक्षित रुपमा नेपाली कांग्रेसले समेत विश्वासको मत दिएपछि उनी अव प्रतिपक्ष विहिन संसदको फाईदामा छन् । तर २८ बर्ष अघिको नजिर दोहोर्याएको कांग्रेसले यो कदमलाई रणनितिक रुपमा उपयोग गर्ने देखिएको छ ? अव के चहान्छन देउवा ? आजको संसद वैठकमा विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्ड वहुमत पाएका छन । संसदका १७५ मध्ये १७२ को ऐतिहासिक मत पाएका उनलाई कांग्रेसको समेत साथ छ ।

तर आफूलाई धोका दिएर पहिले नै धोका दिएको एमालेसंग मिल्न गएका दाहाल प्रति कांग्रेसकामा यो मोह भने यसै पलाएको हैन । आफ्ना महामन्त्री सहित ५ जना सांसदले फरक मत राख्दा पनि सभापति शेरबहादुर देउवाले यो बाटो रोजेका हुन् । यद्यपी यो अनपेक्षित थिएन भने कांग्रेसले विश्वासको मत दिएर सत्ता गठबन्धनमा आशंकाको विजारोपण गर्ने पहिलेबाटै विश्लेषण हुँदै आएको थियो । प्रचण्डको मुभबाट ‘स्तब्ध’ भएका कांग्रेस नेताहरु यसअघि विश्वासको मत मै असफल पार्ने गरि सक्रिय भएका थिए ।

तर गैर वाम समिकरण तत्काल बनाएर सत्तामा फर्किन नसकिने बुझेका देउवा पछि भने प्रचण्डलाई नै फकाउने र ओलीसंगको वेमेलको दिन पर्खिने रणनितिमा लागे । फलत ः विश्वासको मत दिनुपर्ने प्रस्ताव देउवाले अघि सारे भने अन्तिमसम्म पनि प्रचण्डलाई प्रधानमन्त्री दिएर पनि गठबन्धन जोगाउनुपर्ने मत राखेका कारण प्रचण्ड पनि उनीप्रति सकारात्मक नै छन् । यहिवीचमा एकातर्फ कांग्रेस नेतृत्वको गठबन्धन जोगाउनुपर्ने मत राख्दै आएका माओवादी उपमहासचिव जनार्दन शर्माले पनि देउवालाई भेटे र विश्वासको मत दिन आग्रह गरेका थिए भने यो अवसर प्रयोग गरे राष्ट्रपतिमा आफूलाई साथ दिने संकेत पनि देउवालाई मिलेको थियो ।

यो विचमा कांग्रेसको एक हिस्साले विश्वासको मत दिएपछि प्रतिपक्षमा बस्ने नैतिक धरातल नरहने तर्क गदै आए । तर पछिल्लो दुई दिन मा उपसभापती पूर्णबहादुर खड्कासँगै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि यो लबिइङमा लागे । डा. शेखर कोइरालासँग समेत छलफल गरेका उनीहरुलाई नै साक्षी राखेर सोमबार साँझ त प्रधानमन्त्री प्रचण्ड आफैंले देउवालाई भेट गरे । एक त दुवै देउवाका विश्वासी र त्यसमा पनि द्धन्द्धकाल देखि नै माओवादीको सम्पर्क शुत्र रहेका सिटौलाका दाया वायाँ लगाएर वालुवाटार छाडेर प्रचण्ड नै धुम्बाराहि पुगेपछि देउवा त यसै पनि हौसिए । जसले आफूलाई डर रहेको एमालेमय सत्ता र वामशक्ती एक हुने वातावरणको समेत अन्त्य हुने विश्वासमा देउवा छन ।

यता प्रचण्डलाई पनि सन्तुलन मिलाउन र ओलीलाई धम्काउन देउवाको साथ आवश्यक नै थियो । त्यसमा पनि प्रदेशमा आफूले पाएको भागमा आधाआधा कार्यकाल र एमालेले पाएको चाँहि स्थायी हुने त्यस्तै राष्ट्रपति र सभामुख जस्तो स्थायी पद एमालेले पाउने कुराले पनि प्रचण्डलाई तनाव थियो । त्यस्तै नयाँ र अनुभवहिन अनुहार मात्र मन्त्री बनाएर पठाउने र वरियताको समस्या देखिने गरेर माओवादीका पनि वरिष्ठलाई रोक्ने ओली रणनितीले पनि ओलीप्रति प्रचण्ड शसंकित रहे ।

यसरी आफू प्रधानमन्त्री मात्र बस्नुपर्ने र त्यो पनि अर्कैबाट चल्नुपर्ने दवावमा रहेका उनी संसद विघटन संवैधानिक कदम भएको ओलीको दावीलाई पनि ताली बजाउने अवस्थामा पुगे । अझ सरकारको निति तथा कार्यक्रममा आफूलाई कुनामा थन्काएर विचमा वसेका ओलीको रवाफले त उनलाई नेकपा हुँदा ताका कार्यकारी अध्यक्ष दिनुपर्यो र कुर्सी बराबर हुनुपर्यो भन्दै गरेका दिन नै सम्झाईदिए ।

यहि कारण हान्निएर धुम्बाराहि पुगेका उनलाई आगामी साढे २ बर्ष प्रधानमन्त्री बन्न सक्ने सम्भावना पो हुन्छ कि भनेर पर्खि बसेका तथा एमालेलाई रोक्न खोजिरहेका देउवा त रातो कार्पेट ओछ्याए झै कै तयारीमा थिए । यहि वुझेकै कारण ओलीले त विश्वासको मत दिएकोमा धन्यवाद दिए पनि कांग्रेसले माछा नभएको पोखरीमा जाल हानेकोे संज्ञा नै दिए ।

यसले अव ओली गएपनि केहि फरक नपर्ने अवस्थामा प्रचण्ड पुगको छन भने राष्ट्रपति कांग्रेसको हातलमा पुगे एमाले समर्थन नै गरिरहँला भन्न पनि सकिन्न । यता यो सरकार ढलेपनि ठुलो दलको हैषियतले आफै प्रधानमन्त्री हुने फाईदामा रहेका देउवा प्रचण्ड नै वोकेर हिडेपनि सत्ता यात्रामा जाने निश्चित नै छ ।

तर यसका लागि तीन बँुदे भद्र सहमती गरेका ओलीलाई रोक्न प्रचण्डको विश्वास जित्नेमात्र नभएर भित्रभित्रै प्रयास भईरहेको माधव नेपाल सहितको वाम एकताको कुरालाई लाई पनि रोक्नुपर्ने बाध्यतामा देउवा छन् । त्यस्तै यहि वाटोमा रहेको जसपालाई पनि एमालेसंग मिसिने अवस्था सिर्जना हुन नदिन पनि सचेत हुनुपर्ने कांग्रेसले विश्वासको मत पनि दिने र प्रतिपक्षमा पनि बस्ने जस्तो विरोधाभास निर्णय लिन बाध्य भएको छ ।