Breaking

देउवामाथि प्रश्नैप्रश्न, धक्का दिने शेखर–गगनको तयारी, किन स्थगित भयो गुट भेला ?


काठमाडौँ — भिडन्तको मुडमा पुगेको कांग्रेसको दुवै पक्ष तत्कालका लागि पछि हटेको छ । रक्षात्मक अवस्थामा पुगेका देउवा र प्रदेशमा देखिएको वर्चस्वले वारपारकै अवस्थामा पुग्ने आट नगरेका दुवै पक्षले थप आन्तरिक रणनितिमा आफूलाई केन्द्रीत गरेका छन् ।कांग्रेसको अन्तरकलह संयमतातर्फ अघि बढेको हो त ? सत्ता गुमाएको कांग्रेसमा एक समूहले अर्को समूहको उछितो काट्ने क्रम जारी छ । संस्थापन पक्षले गगन–शेखर समूहको उछितो काढ्दै गर्दा गगन–शेखर समूह संस्थापनविरुद्ध खनिएको छ । जुन आरोप–प्रत्यारोप सार्वजनिकरूपमै पनि प्रकट भइरहँदा ईतर पक्ष काउन्टर दिने मुडमै छ ।

पछिल्लो परिस्थितीमा सभापति शेरबहादुर देउवालाई असक्षम घोषित गर्दै नेतृत्वबाट हटाउनेसम्मका योजना संस्थापन इतरमा देखिएका छन् । उनी यहि अवसरको उपयोग गर्दै घेराबन्दी गर्दै लाने रणनितिमा पनि छन । तर यता संस्थापन पक्षपनि कमजोरी भएको नकार्न सक्ने स्थितीमा नभएपनि प्रतिकारकै वातावरण निर्माणमा तल्लिन छ । यद्यपी गुटभित्रै देखिएको फरक मतले केहि हच्किएका उनीहरु पहिले यसैलाई निकास दिने पक्षमा छन । यसैको उपज ईतर गुटभिड्न मुडमा देखेपछि देउवा केन्द्रीय बैठक सारेर आफ्नो गुटको प्रदेशस्तरीय भेला गर्ने सोचमा पुगेका थिए ।

तर काउन्टरमा गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न संस्थापनइतर समूहले आजकै लागि भेलाको तयारी गर्यो ।नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरू शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए ।

उनीहरुले आजको वैठकमा चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने तयारी गरेका थिए । आफ्नै गुटमा पनि पछिल्लो निर्णयको देउवालाई ईतर पक्षको यो तयारीले झस्काईदिएको छ । फलत ः संस्थापन तत्कालका लागि पछि हटेको छ ।

ईतर पक्ष आगामी वैठकमा ६ महिनामा गठन हुनपर्ने विभाग गठन र निति महाधिवेशन नभएको विषयलाई समेत उठाउने सोचमा छ । त्यस्तै लथालिङ भातृसंगठनको विषयमा पनि संस्थापनलाई पेल्ने तयारीमा शेखर पक्ष छ । यसको प्रश्न आफूतिर पनि तेर्सिने देखेकै कारण महामन्त्री गगन थापाले आसन्न केन्द्रीय समितिको बैठकमा विभाग गठनको प्रस्ताव ल्याउन देउवासँग आग्रह नै गरेका छन् । विभाग तथा भ्रातृ संस्थाहरु गठन नहुँदा पार्टीलाई परिचालन गर्न कठिनाई भएको बताएका उनले केन्द्रीय समिति वैठक अघि नै भातृसंगठनलाई पूर्णता दिनुपर्ने माग गरेका छन् ।

यता नरम देखिएका देउवाले पनि यसअघि नै नेविसंघका अध्यक्ष डुजाङ शेर्पालाई नेविसंघको केन्द्रीय कार्यसमतिको नाम इतर समूहका नेता डा शेखर कोइरालासँग भेटेर ल्याउन देउवाले निर्देशन दिएका छन् । यता अन्तरघात गरेर तत्कालिन गठबन्धनका नेता हराउन लागि परेका लाई अव छुट अवस्था बनेपछि कांग्रेस नेताकै हारमा भने समिक्षाको तयारी छ ।

आफ्नो संगठन वलियो भएकै स्थानमा कांग्रेस किन हार्यो भन्ने प्रश्न पनि अहिले व्यापक बन्दा यसले ईतरलाई प्रहार गर्न सकिने बुझेको संस्थापन प्रदेशमा शेखर पक्षको घेराबन्दी फेल भएकोले पनि केहि वलियो भएको महसुस गरिरहेको छ ।यद्यपी कोईराला पक्षले भने केन्द्रीय समिति वैठक नै सर्दा जिल्लाबाट नेताहरु आउने समयपनि धकेलिएका कारण मात्र आफूहरु पछि हटेको बताउछन् । अव देउवाले नै निर्णायक समाधान दिनुपर्ने बताउने उनीहरु अव नेतृत्व हस्तान्तण नै गरेर भएपनि आम कार्यकर्तामा देखिएको नैराश्यता चिनुपर्ने माग गरिरहेका छन ।

अहिले संस्थापन ईतर पक्ष रक्षात्मक कै अवस्थामा रहेपनि नैतिकताको प्रश्नमा ईतर पक्ष पनि छ । गुटको राजनीति गर्दिन भनेर महाधिवेशनमा ४० प्रतिशत ल्याएको गुट र महामन्त्रीको राजनीतिक चरित्रमाथि पनि प्रश्न उठेको छ ।त्यसो भन्दैमा देउवा गलत नै भएनन् भन्ने पक्षमा उनी पक्षकै एक हिस्सा तयार नहुदाँ गर्जन नै गर्न सक्ने अवस्थामा भने देउवा पनि छैन । जहाँ सत्ता गुमाउनुनै सर्वस्व गुम्नु नभएको भाष्य निर्माणको प्रसास भईरहेको छ ।

फलत सार्वजनिक रुपमै आरोप प्रत्यारोप मै उत्रिए पनि दुवै पक्ष अहिलेलाई संयम कै अवस्थामा देखिएको हो । जहाँ कस्ले फायर खोल्छ र त्यसको प्रतिकार गरौ भन्ने मुडमै दुवै पक्ष रहेको छ । यदि त्यसो हुन नसके आगामि केन्द्रीय समिति वैठकमा निर्णायक धक्का दिने योजनामा दुबै समूह रहेका छन् ।