देश

छाडा साँढेलाई रक्ताम्य हुने गरि ट्रकमा बाँधेर घिसारेपछी नगरपालिकाको विरोध


काठमाडौँ — रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाको चर्को आलोचना भएको छ । सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी नै गरेका छन् ।

साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै गरेको तस्वीर सामाजिक संजालमा भाइरल भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगरका नेता अजय गुप्ताले छाडा चौपाया व्यवस्थापन गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको घटनामा संलग्नलाई कारबाही गर्न पार्टीले नगर प्रमुखलाई ज्ञापनपत्र दिने बताए ।