देश

त्रिवि विद्यार्थी स्ववियु चुनाव चैत ५ मा हुने


काठमाडौँ —१४ वर्षपछि त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले चुनाव गर्ने भएको छ । निर्वाचन ५ चैतमा हुने भएको छ ।

विद्यार्थी कल्याण परिषद्को बिहीबारको बैठकले स्ववियु निर्वाचन आउँदो ५ चैतमा गराउने निर्णय गरेको अनेरास्ववियुका नेता मदन विष्टले जानकारी दिए ।