Breaking

यो सरकारबाट आशा नगरौं, गठबन्धन धेरै टिक्दैन : नारायमान बिजुक्छे (भिडियोसहित)

'ओली–प्रचण्ड भाइ कांग्रेस हुन्'


काठमाडौँ — मजदूर किसान पार्टीका अध्यक्ष नारायमान बिजुक्छे फरक/ फरक स्वार्थ जडित गठबन्धन लामो समय नटिक्ने दाबी गरेको छ ।

योहो टेलिभिजनको सत्य संवाद कार्यक्रममा अध्यक्ष बिजुक्छे सात दलीय समर्थन जुटाएका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गठबन्धन लामो समय नटिक्ने दाबी गरेका छन् ।

सरकारको पहिलो हकदार भएपनि सत्ता गुमाएको नेपाली काँग्रेसले खरो प्रतिपक्षी बन्ने उद्घोष नै गरेको छ । संसदको सबैभन्दा ठूलो दल भएर पनि सत्ताको सबै गुमाएपछि नेपाली काँग्रेस भाग खोसिएको पीडामा छ । सात दलीय समर्थन जुटाएका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भने काँग्रेसरहित गठबन्धन बनाउने कसरतमा छन् । त्यसका लागि संसदका अधिकांश दलहरुसँग निकट रहेका उनीहरु सक्ने जति सबै दिने तयारीमा छन् । तर हिजोसम्म मौन विलापमा रहेको काँग्रेस अब टकरावमा उत्रिने संकेत गरेको छ । आफैंलाई गलहत्याएर बनेको गठबन्धन धेरै दिन टिकाउ नहुने भन्दै काँग्रेसले आयु नै नाप्न थालेको छ । गठबन्धनमा आवद्ध दलहरुका आफ्नै दाबीले सरकार विस्तारको विषय झनझन सकसपूर्ण बन्दै गएको छ । यसै सन्दर्भमा मजदूर किसान पार्टीका अध्यक्ष नारायमान बिजुक्छेसँग योहो टेलिभिजनको सत्य संवाद कार्यक्रम गरिएको कुराकानी :