Breaking

मन्त्रीहरु उत्रिए एक्सनमा,आशा गरिएकै बाटोमा प्रचण्ड ! विष्णु,नारायणकाजी र रवि फिल्डमा


काठमाडौँ — जिम्मेवारीविहिनता र मर्यादामा असन्तुष्टि लगायतका कारण अलमलमा देखिएका नयाँ मन्त्रीहरु सक्रिय बन्न थालेका छन । एकातर्फ प्रधानमन्त्रीको बढ्दो सक्रियता अर्कोतीर घटक दलहरुको सहयोगका कारण उनीहरु फिल्डमै उत्रिएका छन । जसले केहि सकारात्मक परिवर्तन समेत देखिन थालेको हो । कांग्रेस छोडेर एमालेसंग तालमेलको चमत्कारीक फड्को मारेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई गर या मरको अवस्था छन् । सात दल र तीन स्वतन्त्र सांसदको समर्थमा प्रधानमन्त्री बनेसंगै सवैलाई मिलाएर जाने चुनौतीमा रहेका उनले यो पल्ट काम समेत गरेर देखाउनु छ ।

जहाँ सडक र अन्तुष्टिको आवाज राष्ट्रिय स्वतन्त्र पार्टी र व्यवस्था विरोधी राप्रपा समेत सहभागी छन् । जहाँ गठबन्धनघटक दलहरु आफैलाई प्रमाणित गर्ने दौडमा छन भने सिङ्गो सरकारको जस अपसजको भारी पनि उनीहरुमा रहने छ । फलत ः सरकारमै प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेबाटै सक्रियता बढाए । कहिले राहदानी विभाग पुग्ने त कहिले कार्यविधिभन्दा बाहिर रहेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णयले चर्चामा रहेका उनले प्रहरीका हाकिमलाई राजदूत भेट्न समेत रोक लगाईदिए ।

यहिवीचमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसंग भर्चुअल वैठक गरेका लामिछानेले आम नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा चासो राखेका छन । यता बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य रिपोर्ट पेस गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएका उनी गठबन्धनको भागवण्डा लगायतका विषय मिलाउने काममा पनि लागि परिहेकै छन ।

उनी जतिकै सक्रियता एमालेबाट उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलको पनि छ । देशको अर्थतन्त्रका अधिंकाश सुचक नकारात्मक रहेका वेला अर्थमन्त्री बनेका उनले नेतृत्व लिएसंगै शेयर बजारमा केहि सुधार देखिन थालेको छ । त्यस्तै चर्को ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गनिर्देशन स्थगितको माग गर्दै आन्दोलनरत व्यवसायी र उद्योगीसंग वार्ता गरेका उनकै कारण आन्दोलनका कार्यक्रम स्थगित भएका छन ।

अर्थतन्त्रको सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने कुरामा सरकारले ढिलो नगर्ने बताँउदै आएका उनलेनिजी क्षेत्रका समस्या सुन्न राष्ट्र बैंक पनि लागेको बताएका छन । त्यस्तै वैंकर र वितिय क्षेत्रका व्यक्तिहरुसंग समेत भेट गरेका उनीको आगमनले गर्भनर महाप्रसाद अधिकारीको पनि तालमेल मिल्न थालेको छ । प्रधानमन्त्री प्रचण्डसंग अर्थमन्त्रीका रुपमा दोश्रोपटक सहकार्य गरिरहेका उनी मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने काममासफल हुन लक्ष्यका साथ अघि बढिरहेका छन ।

उपप्रधान, भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ केहि दिनमर्यादालाई लिएर अन्तुष्ट बनेरै बसे ।आफ्नै अध्यक्ष प्रधानमन्त्री हुदाँ समेत सुस्त देखिने र सहयोग गरेजस्ता देखिएका उनलाई लिएर विभिन्न टिकाटिप्पणी समेत भए । तर एमाले अध्यक्षक केपी शर्मा ओलीलाई भेटेपछि उनमा पनि उर्जा भरिएको छ । आज विहानमात्रै ओलीलाई भेटेका उनले आज नै तीन यातायात कार्यालयको अनुगमन गरेका छन । कार्यभार सम्हालेकै दिन पनि कर्मचारीलाई निकाश निस्कने गरि काम गर्न निर्देशन दिएका उनले आजको अनुगमनका क्रममा यातायात भित्रको विकृतीलाई चिरेर सुधारका योजना अघि सार्ने बताएका छन् ।

यता पहिले भन्दा सरल बन्दै गएका प्रधानमन्त्री प्रचण्डले त आम नागरिकले सहज सेवा पाउन वातावरण निर्माण गर्ने पहिलो प्राथमिकता बनाएका छन । आज प्रचण्डले सचिवहरुसंग डाकिएको बैठकमा यातायात कार्यलयहरुमा सेवाग्राहीले घण्टौँसम्म लाइन बस्नु पर्ने समस्या एक महिना भित्र हल गर्न कडा निर्देशन जारी गराएका छन् । यदी समस्या हल गर्न नसके जिम्मेवारी लिएर बसेका सरकारी अधिकारीलाई नै कारवाही गर्ने चेतावनी दिएका उनको यो निर्देशनले सरोकारित पक्षलाई झस्काईदिएको छ। तर अनुगमन र निर्देशनमा रमाईरहेका उनीहरु सवैले आवश्यक श्रोत साधनको व्यवस्थापन तथा नितिगत सुधार तर्फ पनि ध्यान दिन जरुरी छ । अन्यथा त्यो नेतृत्व माथि नै प्रत्युत्पादक नहोला भन्न सकिन्न ।