Breaking

ओली–प्रचण्डको नाटक/नौटंकी, सिध्याउने कि सफल बनाउने ? प्रचण्ड प्रधानमन्त्रीको उत्कृष्ट पात्र !


काठमाडौँ — नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओली र नेकपामाओवादी केन्द्रकाअध्यक्ष प्रचण्डबीचको सहकार्य नयाँ र नौलो होइन । यसपटक फेरि उनीहरु नाटकिय रुपमा एक भएका छन् । जसको आयु कति छ, चासोको साथ हेरिएको छ । नाटक र नौटंकीको सीमाकतिसम्म हुन्छ होला?कुनै बेलाएमाले अध्यक्ष केपीशर्मा ओली र नेकपामाओवादी केन्द्रकोअध्यक्षसमेत रहेका प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डबीच ज्याद्रै थियो । तर अहिले उनीहरु नाटकियशैलीमै एक भएर देखाइदिएपछि धेरैलाई नौटंकी लागिरहेको छ ।किनकिउनीहरु निर्वाचनअघिसम्म एकअर्कालाई पत्तासाफबनाउने, खुट्टो टिक्न पनिनदिने, भित्तैमा पु¥याउने र उठ्नै नसक्ने गरि थचार्ने तयारीमाथिए ।

एमाले अध्यक्षओलीले त प्रचण्ड प्रधानमन्त्रीहुनलायक नै नभएको दाबीसमेत गरेका थिए । नपत्याए हेर्नुस् त । तर निर्वाचन सकियो । प्रचण्डले प्रधानमन्त्री र ओलीले सत्ताको सबै गुमाउने अवस्थाबन्यो । त्यतिनै बेलासत्ताको बार्गेनिङ किङ बनेका अथवाओलीको भाषामाप्रधानमन्त्रीहुनलायक नै नभएकाप्रचण्डलाई प्रधानमन्त्रीकै लोभ देखाएर ओलीले आफुतिर तान्नथाले ।ओलीलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पु¥याएभन्दै दुईबर्षदेखिहुंकार लगाइरहेका प्रचण्डसत्ताको शक्तिएकाएकबालकोटमैपुगेपछि बार्दलीमैपुगेर हातहल्लाएकै भरमा अब ओलीकासच्चा साथी बनेका छन् ।

अब सक्ने होइन, सफलबनाउनेतर्फ दुवैको ध्यानमोडिएको छ । अहिले ओलीको प्रतिगमन सच्चिएको छ । प्रचण्ड प्रधानमन्त्रीहुनउत्कृष्ट पात्र बनेका छन् । यो सत्ताको खेल हो हजुर यहाँअसम्भव केही छैन । र राजनीतिमा सबै जायज छ भन्ने मान्यताले मलजलपाएको छ ।प्रचण्ड आफ्ना भनाइ र दाबीविपरित गएर ओलीको क्षमादानहोइन, भिक्षादानमाप्रधानमन्त्री बनेपछि निकै उत्साहित बनेका छन् ।र प्रचण्डलाई सफलबनाउने प्रमुखदायित्व उठाएका ओलीरातोदिनउनकै सत्तासुरक्षामा खटिएका छन्। उमिलनपछि खुमलटारको कौसीमाओली–प्रचण्ड निकै हसिँलो मुद्रामा पेश भएकाथिए । ‘

सन्तुला छोडाको – के छ खबर पुरानो जोडाको’ जस्तै शैलीमा छेउमै रहेको गुन्द्रुकको बास्नालिँदै उनीहरु सत्ताको हिसाबकिताबगरिरहेको दृश्यले धेरैको ध्यानखिचेको थियो । अहिले हरेकदिनजसो उनीहरु भेटघाट गर्छन् । तर यो पुनर्मिलनको हदम्यादकहिले सकिन्छ, अबको आमचासो नै यसमा छ । किनकिहिजो पचासबर्ष टिक्छ भनेको वामएकतातीनबर्षमै भत्कियो । प्रधानमन्त्रीकै लागि गठबन्धन तोडेर एमालेसँग मिल्नजान्न१५ बर्ष काँग्रेससँगको गठबन्धन टिकाउँछु भनेका प्रचण्ड तीन घण्टामै बदलिए । अब अहिले प्रचण्ड प्रधानमन्त्री र ओलीसाझान्यूनतमकार्यक्रमको संयोजक बनेका छन् ।

एकहिसावले गठबन्धनको नेतृत्व नै ओलीको हातमा रहेकाले सरकारको तालाचाँबीपनिउनकै हातमा छ ।साढे दुईबर्षपछि प्रधानमन्त्रीबन्ने पालो पनिओलीकै छ । तर त्यतिबेलासम्मयही गठबन्धन कायम रहला त?वा सत्ताको सबैथोक गुमाएको काँग्रेसले सरकार ढाल्न कुनभूमिका खेल्ला?परिदृश्यमाधेरै खालकाप्रश्नहरु उब्जिएका छन् ।जुन नाटक नौटंकीभन्दा यथार्तनजिक छन् ।