Breaking

शरद र आरिफले भने सन्दीपलाई न्याय देऊ


काठमाडौँ — राष्ट्रिय क्रिकेटरद्वय शरद भेषावकर र आरिफ शेखले नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई न्याय हुनु पर्ने बताएका छन् । दुवै जनाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्दीपलाई न्याय हुनु पर्ने भन्दै लेखेका हुन् । शरदले एक पोस्ट सेयर गर्दै ह्यासट्यागमा ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखेका छन्।

आरिफले पनि ह्यासट्यागमा ‘जस्टिस फर सन्दीप लामिछाने’ लेख्दै न्याय हरेक मानिसको हक भएको बताएका छन्। उनले सन्दीपलाई जतिसक्दो चाँडो न्याय होस् भन्दै सन्दीपले देशलाई फेरि गौरवान्वित गर्न सकुन् भनेर कामना समेत गरेका छन्।सन्दीपलाई पछिल्लो समय डिप्रेसनको समस्या देखिएको छ। बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएकी थिइन्।