Breaking

यरोपियन युनियन र स्विट्जरल्याण्डका राजदूतसँग प्रधानमन्त्री प्रचण्डको भेटघाट


काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली संघ (युरोपियन युनियन) की राजदूत नोना डिप्रेजले बुधबार भेटवार्ता गरेकी छिन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उनीहरूबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै, बुधबार नै प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गरेकी छिन्।

सो क्रममा उनीहरूबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।