Breaking

कांग्रेसले समसामयिक राजनीतिबारे धारणा सार्वजनिक गर्ने


काठमाडौँ — नेपाली कांग्रेसले समसामयिक राजनीतिक परिस्थितिबारे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दैछ । साथै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिएका प्रचार समितिका सदस्य लगायतलाई कांग्रेसले धन्यवाद ज्ञापनसमेत गर्दैछ ।

त्यसका लागि आज दिउँसो ३ बजे पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रवक्ता महतले गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरु गठबन्धन गरेर चुनाव लडेका थिए । चुनावको परिणामपछि माओवादी केन्द्रले गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा सरकारको नेतृत्व गरेको छ । कांग्रेस नेतृत्वमाथि गठबन्धन जोगाउन नसकेको आरोप लाग्दै आएको छ ।