Breaking

झाँक्रीलाई गोकुलको कटाक्ष : तानेरै ल्याउन चैँ नखोज्नु नि !


काठमाडौँ — नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेमा रहन मन भएका नेकपा एसका नेता तथा कार्यकर्ताहरूलाई दायाँबायाँ कुरा नगरी सोझै सदस्यता नवीकरण गर्न आग्रह गरेका छन् ।

अहिलेको सन्दर्भमा पार्टी एकताको सबैभन्दा सजिलो विधि यो बाहेक अरु नभएको उनको भनाइ छ । एमाले र एसबीच एकता हुने प्रचार चलिरहेका बेला बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

‘समाजवादीका पार्टी सदस्यले लम्बेचौडे कुरै गर्नुपर्दैन । जसलाई एमालेमा रहन मन छ, उसले खुरुखुरु सदस्यता नवीकरण गरे भइहाल्छ’, बाँस्कोटाले कटाक्ष गर्दै अगाडि लेखेका छन्, ‘रामकुमारी झाँक्रीले पनि तानेरै ल्याउन चैँ नखोज्नु नि । व्यर्थै कारबाहीमा परिएला है ।’