विदेश

मिसाइल आक्रमणमा परी ४ सय रुसी सैनिकको मृत्यु, अमेरिकी निर्मित हिमर्स रकेट प्रयोग भएको दाबी


काठमाडौँ — युक्रेनले दोनेत्स्क क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेसँगै ४०० रुसी सैनिकको मृत्यु भएको छ भने अन्य ३०० घाइते भएका छन् । आक्रमणमाअमेरिकी निर्मित हिमर्स रकेट प्रणाली प्रयोग गरी ६ रकेट प्रहार गरेको दाबी गरिएको छ । युक्रेनले आफ्नो एक क्षेप्यास्त्र हमलामा परी डोनेत्स्क क्षेत्रको पूर्वी भागमा ४०० रुसी सैनिकहरूको मृत्यु भएको छ । रुसले भने मिसाइल आक्रमणमा परि आफ्ना ६३ सैनिक मारिएको पुष्टि गर्दै त्यस हमलामा हाइमार्स रकेटहरूको प्रयोग भएको जनाएको छ । मध्यरातअघि सुरु भएको आक्रमणमा धेरै महत्त्वपूर्ण भवनहरू क्षतिग्रस्त भएको छ ।

क्षेप्यास्त्र रुसी फौजहरू रहेको म्याकिइभका सहरको एक सीपमूलक विद्यालय भवनलाई लक्षित गरी प्रहार भएको थियो । युक्रेनी सेनाले रुसी सेना बस्ने भवनमा अमेरिकी निर्मित हिमर्स रकेट प्रणाली प्रयोग गरी ६ रकेट प्रहार गरेको बताएको छ । तीमध्ये केहीलाई भने गोली हानी मारिएको विवरण समेत सार्वजानिक भएको थियो तर युक्रेनले भने उक्त क्षेप्यास्त्रको प्रयोगको विषयमा कुनै पुष्टि गरेको छैन।

पूर्व रुसी सैनिक इगोर गिर्किनका अनुसार सयौँ घाइते हुनुका साथै मारिएको र भवन लगभग पूरै ध्वस्त भएको छ । उनले पीडितहरू हालसालै भर्ती गरिएका र स्वेच्छाले लड्न गएकासैनिकहरू रहेको बताएका छन् । गोलाबारूद समेत त्यसै भवनमा राखिएको कारण क्षति झन् भयानक भएको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएको छ । युक्रेनका सैन्य प्रमुख सेर्ही पोप्कोले त्यहाँका मानिसहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। यो आक्रमण पछिल्लो रुसी निशानामा किएभले गरेको सबैभन्दा घातकमध्येको हमला रहेको छ ।

युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठनको सदस्यता लिने तयारी गरेपछि रुसले गत फेरेब्अरी २४ देखि आक्रमण सुरु गरेको हो । त्यसयता रुसी आक्रमणका कारण हजारौं युक्रेनी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने अर्बौं डलर बराबरको भौतिक संरचना नष्ट भएको छ । पछिल्लो समय रुसले युक्रेनका प्रमुख सहरका विभिन्न संरचनालाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण तीव्र पारेको छ । रुसी फौजले ऊर्जा केन्द्र लगायतका सार्वजनिक संरचनालाई लक्षित गर्दै आक्रमण बढाएको युक्रेनी अधिकारीहरूको भनाइ छ । जसका कारण लाखौं मानिसहरू चिसोमा कठ्यांग्रिन बाध्य भएका छन् ।

पछिल्लो समय रुसलाई क्राइमियासँग जोड्ने पुलमा विस्फोट गराइएपछि आक्रामक बनेको रुसले युक्रेनका ऊर्जालगायत पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेको हो । युक्रेन आक्रमणका लागि आवश्यक सैन्य हतियार ओसारपसारका लागि रुसले बाटो प्रयोग गर्दै आएका कारण उक्त पुललाई युक्रेनी फौजले निसानामा परेको हो । त्यस्तै रुसलेपनियुक्रेनमाथि १२० वटा क्षेप्यास्त्र प्रहार गरेकोयुक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकले बताएका छन् । युक्रेनमा युद्ध शुरू भएयताकै यो सबैभन्दा ठूलो आक्रमण गरेको हो।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले नयाँ वर्ष २०२३ मा युक्रेनले रुसविरुद्धको युद्धमा विजय हासिल गर्ने र सामान्य अवस्थामा फर्कने बताएको केही क्षणमा नै आक्रमणहरू भएको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेको छ । नयाँवर्षका अवसरमा गरेको टेलिभिजन सम्बोधनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो सार्वभौमिकता र स्वतन्त्रताको संरक्षण गर्नलडाईलाई जारी राख्ने बताएका थिए ।