Breaking

प्रचण्ड–ओलीलाई राप्रपाको धम्की,मुख्यमन्त्री नपाए गठबन्धन टुट्छ, कहाँ कसको बन्दैछ सरकार ?


काठमाडौँ — प्रदेश सांसदहरुको सपथ ग्रहणसँगै दलहरु प्रदेश सरकार गठनको रस्साकस्सी जुटेका छन्े छ । शीर्ष नेतृत्व भागवण्डा मिलाउने कसरतमा छ भने संसदीय दलका नेताहरु नेतृत्वको चाकडी गरेरै भएपनि मुख्यमन्त्री बन्ने दौडधूपमा छन । केन्द्रमा फेरिएको सत्ता समिकरणपछि नेपाली कांग्रेस संघसहित सात प्रदेशमा समेत सरकार विहिन छ । सुदुरपश्चिम, कर्णाली, गण्डकी, बाग्मति लगायतका प्रदेशमा पहिलो दल भएर पनि नयाँ सत्ता समिकरणका कारण नेपाली कांग्रेस प्रतिपक्षमा बस्नबाध्य छ । केन्द्रकै मुख ताक्ने प्रवृत्ति अझ भनौ शीर्ष नेतृत्वकै निर्णय हावी हुने राजनीतिक रवैयाले प्रदेश सरकार गठन थप सकसपूर्ण बनेको छ । नयाँ सत्ता समिकरण पश्चात प्रदेश सरकारमा पनि नेकपा एमाले र माओवादी केन्द्र नै हावी छ ।

राजनीतिक कोर्ष नै परिवर्तन गरेर अन्तिम समयमा केन्द्र सरकार गठन गरेको सत्तारुढ गठबन्धन प्रदेशमा भागवण्डा सहित सहमतिको कसरतमा जुटेको छ । चार वटा प्रदेशमा नेकपा एमाले, दुई वटा प्रदेशमा माओवादी केन्द्र र मधेश प्रदेशमा भने जसपा र जनमत पार्टी आलोपालो गरेर प्रदेश सरकारको नेतृत्व गर्ने प्रारम्भिक सहमति भए पनि अझै भागवण्डा मिलेको छैन । शीर्ष नेतृत्व अझै छलफलमा छन । यता ठुलै राजनीतिक रस्साकस्सीकाबीच प्रदेश संसदीय दलको नेतृत्व हत्याएका नेताहरु भने प्रदेश मुख्यमन्त्रीको रेसमा भ्याईनभ्याई छन । प्रदेश सरकार गठनलाई लिएर बाग्मति प्रदेश सबैको चासोमा छ ।

मधेश प्रदेश बाहेक अन्य सबै प्रदेशमा एमाले र माओवादी केन्द्र मुख्य प्रतिस्पर्धामा छन् । तर बाग्मति प्रदेशमा संघियता खारेजीको पक्षधर राप्रपाले समेत मुख्यमन्त्रीमा दावी गरेका छन । प्रदेश सरकार गठनमा निर्णायक राप्रपाले नेपाली कांग्रेससँग पनि छलफल चलाई रहेको छ । यहाँ एमालेबाट जगन्नाथ थपलिया, माओावादी केन्द्रबाट शालिग्राम जम्कट्टेल र राप्रपाबाट उद्धव थापा बाग्मति प्रदेशको मुख्यमन्त्री बन्ने होडमा छन् । ठुलो दल नेपाली कांग्रेस पनि प्रदेशको नेतृत्व गर्ने मौकाको खोजीमा छ ।

सरकार गठन आह्वान नै भई सकेको १ नम्बर प्रदेशमा एमाले र माओवादीको स्पष्ट बहुमतमा सरकार गठन हुनेछ । यहाँ एमालेबाट हिक्मत कार्की र माओवादी केन्द्रका इन्द्र आङ्बो मुख्यमन्त्री बन्ने दौडाहमा छन् । मधेश प्रदेशमा जसपा र जनमत पार्टी आलोपालो गरेर प्रदेशको नेतृत्व गर्ने सहमति गठबन्धनभित्र भएको छ । मधेश प्रदेशमा सबै भन्दा ठुलो एमालेले आकांक्षी धेरै हुँदा संसदीय दलको नेता नै चयन गर्न सकेको छैन । जनमत पार्टी बाहेक माओवादी, जसपा, लोसपाले संसदीय दलको नेता नै चयन गर्न सकेको छैन । नयाँ सत्ता समिकरणपछि गण्डकीमा एमाले माओवादी र राप्रपाको सरकार बन्दैछ ।

मुख्यमन्त्रीका लागि एमालेबाट खगराज अधिकारी र माओवादी केन्द्रबाट हरिबहादुर चुमान प्रतिस्पर्धामा छन । मुख्यमन्त्री बन्नकै लागि प्रदेश झरेका एमाले नेता अधिकारीको सम्भावना बलियो रहेका राजनीतिक विश्लेषकशरु ब्ताउछन् । लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी र एमाले दुवैको दावी छ । एमालेबाट संसदीय दलका नेता बनेका लीला गिरी र माओवादीबाट जोख बहादुर महरा मुख्यमन्त्रीको दौडमा छ । कर्णाली प्रदेश पनि मुख्यमन्त्रीमा एमाले र माओवादीको दावी छ । एमालेका संसदीय दलका नेता यामलाल कंडेल र माओवादी केन्द्रबाट राजकुमार शर्मा मुख्यमन्त्रीका दावेदार छन ।

सबै प्रदेशमा मुख्यमन्त्री बन्ने होडमा रहेका र आफ्नो पार्टीकै नेता मुख्यमन्त्री होस् भन्ने पक्षमा रहेका नेताहरु केन्द्रको आदेशको पर्खाइमा छन् । यसअघि पुरै कार्यकाल माओवादी हावी भएको सुदरपश्चिम प्रदेशमा यो पटक पनि माओवादीकैै दावी छ । एमालेबाट राजेन्द्र सिंह र माओवादीबाट खगराज भट्ट मुख्यमन्त्रीका दावेदार छन । सात वटै प्रदेशमा सांसदहरुको सपथ ग्रहणसँगै मुख्यमन्त्री बन्ने दौडधूप सुरु भएको छ । तर नेतृत्व चयनमा संधै शीर्ष नेतृत्व हावी हुने चलनका कारण नेताहरुको दौडधूप भन्दा पनि शीर्ष नेतृत्वको आशिवाद जसलाई पर्छ त्यहि व्यतिm मुख्यमन्त्री हुने प्रष्ट छ ।