Breaking

गृहमन्त्रीले दिए नेपाल टी–२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन


काठमाडौँ — नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ । ९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रीको सचिवालय श्रोतका अनुसार मन्त्री लामिछाने आफैंले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यहरुमा चासो राख्दै मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)मार्फत अनुसन्धानका लागि निर्देशन दिएका हुन् । मन्त्रालयको निर्देशनअनुसार सीआईबीले मंगलबारदेखि नै आफ्नो जिम्मेवारी सुरु गरिसकेको छ ।