देश

भोटेओडार–बेलघारी सडक खण्ड निर्माणमा भएको ढिलासुस्तीबारे सांसद उर्मिला माझीको चासो


काठमाडौँ — नवनिर्वाचित सांसद तथा नेकपा (माओवादी केन्द्र)की नेतृ उर्मिला माझीले जिल्लामा विकास निर्माणमा भएको ढिलासुस्तीप्रति चोसो व्यक्त गरेकी छिन् । जिल्लामा निर्माणाधीन सडक तथा अन्य विकास पूर्वाधार निर्माणका काम निर्धारित समयमै सक्ने गरी तयारी गर्न पनि उनले निर्देशन दिएकी छिन् ।

लामो समयदेखि अल्झिरहेको भोटेओडार बेलघारी खण्डको सडकको समस्या हल गर्न तथा सडक सुधार र स्तरोन्नति तत्काल सुरु गर्न उनले प्रमुख जिल्ला अधिकारी सुशील वैद्यसँग पनि छलफलमा गरेकी छिन् ।

सो क्रममा जिल्लाको समग्र विकासका बारेमा छलफल भएको बताइन्छ । बर्खा लागेपछि सडक निर्माणमा सकस हुने भएकोले हिउँदमै निर्माणका काम सम्पन्न हुने गरी व्यवस्था मिलाउन छलफलको क्रममा संसद् माझीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएकी थिइन् ।