Breaking

देउवा र प्रचण्डले नक्कली मित लगाएका हुन्: एमाले अध्यक्ष ओली


काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नक्कली मित लगाएको टिप्पणी गरेका छन् । झापाको सुरूङ्गामा बिहीबार भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेस र माओवादीबीचको गठबन्धनलाई नक्कली मितको संज्ञा दिए । देउवाले प्रचण्डजीको टाउकाको मूल्य ५० लाख तोकेका थिए ।

प्रचण्डको पार्टीले देउवाजीलाई मार्न बम हानेको थियो । प्रचण्डलाई काँधमा बोक्न लेखेको रहेछ देउवा बाँचे, ओलीले भने, ‘आज दुई जना एमालेविरूद्ध नक्कली मित लगाएर हिँडेका छन् । सत्तारूढ गठबन्धन चुनावपछि भत्किने उनले बताए । सत्ताकै कारण उक्त गठबन्धन भत्किने दाबी उनको थियो । संसदबाट एमालेको सरकार ढाल्न नसकेपछि गठबन्धनले सर्वोच्च अदालतबाट जालझेल गरी आफूलाई सरकारबाट हटाएको पनि उनले बताए ।