देश

पूर्वयुवराज्ञी हिमानी शाहको अप्रेसन


काठमाडौँ— पूर्वयुवराज्ञी हिमानी शाहको घाँटीको टन्सिलको अपरेसन गरिएको छ ।

हिजो दिउँसो अस्पताल भर्ना भएपछि उनको आज अपरेसन गरिएको बताइएको छ । उनको घाँटीमा लामो समयदेखि समस्या रहेको र टन्सिल बिग्रेको कारण अपरेसन गर्नुपरेको चिकित्सकहरूले बताएका छन्।

उनी हिजो दिउँसो २ बजे ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएकी थिइन् । बेड नम्बर ६७६ मा उपचाररत हिमानीलाई बेड रेष्टको लागि त्यहीँ राखिएको अस्पतालले बताएको छ।