देश

एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन – एस् इग्नाइट

योहो संवाददाता

काठमाडौँ— नेपालको अग्रणी व्यवस्थापन संकायको कलेज मध्यको एक, एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले ४८ घन्टे ह्याकथन “एस् इग्नाइट” आयोजना गर्ने भएको छ ।

कार्तिक २४ गते देखि २६ गते सम्म कलेजकै प्राङ्गणमा हुने यस ह्याकथन यस प्रक्रारको अहिलेसम्मकै पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेका छन् । ह्याकथनमा उपत्यका भित्र र बाहिर गरी १०० भन्दा बढी सहभागिहरु हुने यस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तरराष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ ।

ह्याकथनको बारेमा बोल्दै प्रज्वल श्रेष्ठले “ एस् इग्नाइट नवीनतम आविष्कारहरु गर्न सक्ने क्षमता भएका नेपाली युवाहरुको लागि एउटा इको सिस्टम सिर्जना गर्ने प्रयास रहेको यस ह्याकथन मार्फत वास्तविक संसारका समस्याहरूसंग लड्ने र नेपालमै अवसरहरूको पहिचान गर्ने एउटा प्ल्याट्फर्म पनि प्रदान गर्न खोजेको तथा प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोकी नेपालमै करियर बनाउन सकिन्छ भन्ने विश्वास पनि हामीले युवाहरूमा प्रदान गर्न खोजेको बताउनुभयो ।

एस् इग्नाइट आइटि, व्यवस्थापन, इन्जिनियरिङ्ग डिजाइनिङ जस्ता विविध शैक्षिक पृष्ठभूमिका व्यक्तिहरू र उनीहरूको आविष्कारमा केन्द्रित ४८ घन्टे ह्याकाथन हो । यसले एक इकोसिस्टमको परिकल्पना गर्दछ जसले युवाहरूलाई उनीहरूको विचारहरूलाई वास्तविक संसारमा रूपान्तरण गर्नको लागि सहकार्य गर्दै काम गर्न प्रेरित गर्छ ।

यस्ता प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन दिनको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूबाट उत्कृष्ट नगद पुरस्कारहरूको साथै अन्य आकर्षक उपहारहरूको पनि व्यवस्था गरिएको छ ।