काठमाडौँ— परम्पारगत शक्तीप्रति वढ्दो निराशाको परिणाम आमनिर्वाचनमा पनि स्वतन्त्र उम्मेद्वारहरुको संख्या उल्लेख्य छ । तर स्थानीय तह निर्वाचनमा स्वतन्त्र तर्फ देखिएको आकर्षणबाटै तर्सिएका दलहरु अहिले यस्ता उम्मेद्वारलाई रोक्न लागिपरेका छन । स्वतन्त्रसंग राज्य सत्ता डराएको भन्दै मददाताको सदासयता पनि उनीहरुप्रति बढ्दै गएको छ । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वार प्रति देखिएको उभारको परिणाम प्रतिनिधिसभा र प्रदेशसभातर्फ पनि स्वतन्त्र उम्मेद्वारको संख्या उल्लेख्य छ ।
विशेषत परम्परागत शक्तीले काम गर्न नकसकेको र उनीहरुप्रति देखिएको आममतदाताको निराशालाई उपभोगगर्ने उदेश्य सहितचुनावी मैदानमा होमिएका यस्ता उम्मेद्वारको संख्याएक तिहाइभन्दा बढी छ । यसरी ठुलो संख्यामा चुनावमा होमिएका मध्ये केहि भने पार्टीबाट वागी उम्मेद्वारी दिएकाहरु पनिहुन । जो दलहरुको असफलतालाई चुनावी मुद्धा बनाईरहेका छन भने आममतदाता पनि यस्ता उम्मेद्वारकै पक्षमा आर्कषित बन्दै गएका छन । फलत : उनीहरुले चुनाव नै नजिते पनिअपेक्षित परिणामलाई तलमाथिपार्ने डर दलगत उम्मेद्वाहरुमा देखिएको छ । यसैको नतिजाउनीहरु स्वतन्त्रउम्मेद्वारलाई नै घेराबन्दीमा पार्ने र प्रचारप्रसार नै गर्न नदिने रणनितिमा लागेका छन । यसैको मारमा परेका प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध चुनाव लड्दै गरेका सागर ढकालले आफूलाई जोगाइदिन जनतालाई आह्वान नै गर्न बाध्य बने ।
आफूलाई चुनावप्रचार प्रसार गर्न रोक लगाइएको भन्दै सामाजिक सन्जालमार्फत सहयोगको माग गरेका उनले देउवाले खुल्लमखुल्ला कानूननियम उल्लंघन गर्दा प्रशासनले आँखाचिम्लिएको आरोप लगाएकाथिए । तर आफूले भने हर्क साम्पाङजस्तै माइकिङ गर्न खोज्दात्यो पनि नदिइएको उनको गुनासो थियो । यद्यपी जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भने उनलाई प्रचारप्रसारमा रोक नलगाईएको विज्ञप्ती मार्फत जनाएको छ । जे होस भिडियोमा प्रहरीमा नोकझोक पर्दै गरेको सागरको भिडियोले भने उनलाई चर्चामाल्याएको छ ।
यहि अवस्था एमाले अध्यक्षतथापूर्वप्रधानमन्त्री केपीशर्मा ओलीको जिल्लामापनिभएको छ ।झापानिर्वाचन क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई सत्ता गठबन्धनका उम्मेदवार हरि रानाकाकार्यकर्ताहरुले हातपात गरेपछि भएको विवाद साम्यपार्न प्रहरी नै आउनु परेको थियो । सोमबार साँझ सि के चिन्तनअध्ययन प्रतिष्ठानले आयोजना गरेको उम्मेदवार – मतदातावीच अन्तर्क्रिरया कार्यक्रममा नेपाललाई रानाका कार्यकर्ताहरुले गरेको प्रश्नको जवाफ दिनबाट रोकेका थिए र स्वागत नेपालबोल्दाबोल्दै रानाले माइकतानेपछि तनावउत्पन्नभएको थियो।स्वतन्त्रउम्मेदवार नेपालले जवाफ दिने क्रममा वीचैमा रोकेर सत्ता गठबन्धनका उम्मेदवार हरि राना जवाफ दिन आवश्यक नरहेको भन्दै नेपालले बोलिरहेको माइकखोस्न रोष्ट्रमसम्म पुगेपछि बिबाद सृजना भएको थियो । नेपालले बोल्दा रानाकाकार्यकर्ताहरुले पटक पटकमा इकको आवाज काटिदिएका थिए ।
स्वतन्त्रप्रति अन्यदलका नेताहरु पनि विगतबाटै तितो पोख्दै आएका छन भने उनीहरु अराजक राजनितिको झुण्ड भएको संज्ञा दिदै आएका छन । यहि वीचमा चर्चित स्वतन्त्र उम्मेद्वार प्रति नै गठबन्धनका उम्मेद्वारको यो रवैयाले मतमाग्ननपाईने कस्तो लोकतन्त्रभन्ने प्रश्न समेत उठेको छ । जसको वेफाईदा स्वयम दल गत उम्मेद्वार माथि नै जन आक्रोश बढ्दै गएको छ भने स्वतन्त्रको चर्चा अझ बढेको छ ।


प्रतिक्रिया