काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खत आइपुगेकी छन् । अनौपचारिक भ्रमणको सिलसिलामा उनी यहाँ आएकी हुन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी आज सुर्खेत आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी आज १:४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत् सुर्खेत आइपुगेको जानकारी दिए ।
उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आज सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी थिइन् ।


प्रतिक्रिया