Breaking

सबै हल बन्द भएको छैन: लचित्र विकास बोर्ड

योहो संवाददाता

काठमाडौँ — अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा एक युवालाई पक्राउ गरेपछि विवाद चर्किँदै गएको छ । हाल प्रहरीले उक्त युवालाई रिहा गरिसकेको छ । तर सबै हल बन्द गर्नुपर्छ भन्दै चाबहिलस्थित केएल टावर र चलचित्र विकास बोर्डमा विरोध प्रदर्शन भइरहेको छ । बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार विवादबारे दुवै पक्षबीच छलफल भइरहेको छ । अहिले दुवै पक्षबीच छलफल भइरहेको छ तर हल बन्द भएको छैन, उनले भने ।

आज बिहान केएल टावरअगाडि विरोध प्रदर्शन भएपछि केएल टावरको एफक्यूबमा भने मध्यान्न १२ बजेदेखि फिल्मको शो रोकिएको छ । दिउँस ४ बजेतिर नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूजमा कबड्डी ४ को शोज नदेखाएपछि अरु हल पनि बन्द भएको चर्चा थियो । तर क्यूजकी व्यवस्थापक रानु विष्टले सर्भर डाउन भएको जानकारी दिइन् ।

कबड्डी ४ फिल्मको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले मुगुको मुगूम कार्मारोङ गाउँपालिका २ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो ।