Breaking

मधेश सरकारले किसानको बैंक खातामा सिधै १० हजार रुपैयाँ पठाइदिने

योहो संवाददाता

काठमाडौँ — मधेश सरकारले साना किसानको बैंक खातामा सिधै १० हजार रुपैयाँ पठाइदिने भएको छ । प्रदेशका सीमान्तकृत तथा न्यून आर्थिक अवस्था भएका किसान र कृषि मजदूर वर्गको खाद्य सुरक्षा तथा गरिबी निवारणमा सहयोग पुर्‍याउन भन्दै प्रदेश सरकारले मुख्यमन्त्री किसान उत्थान कार्यक्रम कार्यान्वयन कार्यविधि बनाएको छ । एक साताअघि मन्त्रिपरिषद्को बैठकले यो कार्यविधि स्वीकृत भएपछि सरकारले किसानको खातामा सोझै १० हजार रुपैयाँ पठाउनेछ ।

मानव विकास सूचकांकमा पछाडि रहेका वर्ग तथा शहीद परिवार, राजनीतिक आन्दोलनका गम्भीर घाइते, फरक क्षमता भएका व्यक्ति, सीमान्तकृत, दलित, अल्पसंख्यक समुदाय, एकल महिला तथा कृषि पेशाबाहेक निर्वाहको अन्य कुनै साधनरउपाय नभएका साना किसानलाई प्राथमिकता दिएर यो रकम पठाइने प्रदेश सरकारले जनाएको छ ।