देश

आज देखि देशकै ठूलो प्लास्टिक मेला सुरु

योहो संवाददाता

काठमाडौँ — प्लास्ट नेपाल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आज बिहीवार देखि देशकै ठूलो प्लास्टिक मेला सुरु भएको छ । प्लाष्टिक मेलाको उद्धाटन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले गर्ने भएको छ । उद्धाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्लास्टिक कृषकको जीवन, उद्योग, घरदेखि कार्यालयसम्म नभइ नहुने पदार्थ बनेको बताउनु भयो ।

उहाँले अत्यावश्यक भएता पनि प्लास्टिकलाई सधैं वातावरणसँग जोडेर बदनाम गर्ने गरिएको बताउनु भयो । अध्यक्ष गोल्छाले प्लास्टिक एकदमै महत्वपूर्ण सामग्री भएकाले यसलाई व्यवस्थापन गर्ने भने जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा प्लास्टिक रिसाइकलिङ उद्योग आउने कुरा स्वा