Breaking

वन उपभोक्ता समूहका पदाधिकारीले रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर

योहो संवाददाता

काठमाडोँ — मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले वनको रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै उनीहरु विरुद्ध २८ लाख ८० हजार ५९६ रुपैयाँ बराबरको बिगो र जरिवाना मागदाबी लिँदै अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले उपभोक्ता समितिका तत्कालीन अध्यक्ष, सचिव, कोषाध्यक्ष, आपूर्ति संयोजक र लेखा परीक्षक समेतलाई भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष सन्तोष कुमार लावती, सचिव देविन्द्र कार्की, कोषाध्यक्ष भिमा लम्साल ढकाल, आप्रर्ति संयोजक रामप्रसाद पौडेल र उक्त कामको लेखा परीक्षण गर्ने सिबि बस्नेत एण्ड एसोसिएट्सका प्रोपाइटर चन्द्र बहादुर बस्नेतलाई विपक्षी बनाई भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।