Breaking

एक्लै चुनाव लडेको भए अहिलेभन्दा अझै धेरै स्थानमा जितको सम्भावना हुन्थ्यो: कोइराला


काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको बताएका छन् । अघिल्लो चुनावमाभन्दा यसपटक कांग्रेस बलियो बनेको तथ्यांकले देखाइरहँदा नेता कोइरालाले भने एक्लै चुनाव लडेको भए अहिलेभन्दा अझै धेरै स्थानमा जितको सम्भावना रहेको दाबी गरेका हुन् ।

‘अहिलेसम्म जितेका ६० प्रतिशत स्थानीय तह कांग्रेस एक्लैले जितेको हो’, कोइरालाले सेतोपाटीसँग भने, ‘बाँकी ४० प्रतिशत गठबन्धनको बलमा जितेको हो । यदि गठबन्धन थिएन भने कांग्रेसले अरू धेरै सफलता पाउने थियो । नेता कोइराला सुरूदेखि नै कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने अडानमा थिए ।

गठबन्धनमा रूचि नभएकै कारण उनको गृहजिल्ला मोरङमा कांग्रेसले तालमेल गरेन । तालमेल नगरी चुनावमा गएको कांग्रेसले मोरङका धेरै स्थान गुमाएको छ । तालमेल गरेको विराटनगरमा कांग्रेस विजेता हुँदा तालमेल नगरेको उर्लाबारी, लेटाङ, बेलबारी, पथरी शनिश्चरेसहितका दुई गाउँपालिका जितिसकेको छ ।