काठमाडौँ — नेपाल प्रहरीका डीआईजी वसन्त कुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएका छन् । आज शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार बढुवाको निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाणले बताए । वैशाख २३ मा बढुवा समितिले डीआईजी बसन्त कुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवाका लागी सिफारिस गरेको थियो ।
प्रहरीमा ५ एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ । लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको छ ।


प्रतिक्रिया