समाचार

मनास्लुको शिखरमा छिरिङ नाम्गेलले पुर्‍याए ‘योहो टेलिभिजन’ को झन्डा

पासाङ शेर्पा


काठमाडौँ – आरोही छिरिङ नाम्गेल शेर्पाले विश्वको आठौँ अग्लो तथा नेपालको सातौं अग्लो मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेका छन् ।

शनिबार बिहान ५ बजेर ४५ मिनेटमा शेर्पाले मनास्लु हिमालको आरोहण गरेका हुन् । आरोही शेर्पाले ८ हजार १ सय ५६ मिटर रहेको मनास्लु हिमाल आरोहणको क्रममा चुचुरोमा योहो टेलिभिजनको लोगो अंकित झन्डा पनि फरफएका छन् ।

मनास्लु हिमालको चुचुरोमा झन्डा फहराएपछि योहो टेलिभिजनका अध्यक्ष आङ काजी शेर्पाले खुसी व्यक्त गर्नुभएको छ । अध्यक्ष शेर्पाले टेलिभिजनको झण्डा मनास्लु हिमालमा फहराउन सफल भएकोमा आरोही छिरिङ नाम्गेल शेर्पालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

आरोही शेर्पालाई भदौ १८ गते एभरेष्ट ब्रोडकास्टिङ तथा योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले टेलिभिजनको झन्डा हस्तान्तरण गर्दै सफल आरोहणको शुभकामना दिनुभएको थियो ।

सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपाकाका आरोही छिरिङ नाम्गेल शेर्पाले ९ पटक सगरमाथाको आरोहण गरिसकेका छन् । आमादब्लम हिमाल ८ पटक, मनास्लु ४ पटक, ल्होचे २ र अन्य साना पिकहरु आरोहण गरिसकेका छन् ।

सन् १९९४ मा सोलुखुम्बुको पाङबुचे गाउँमा जन्मेका छिरिङ नाम्गेलले शेर्पाको रुपमा १६ वर्षको उमेरबाट काम गर्न थालेका हुन् । हालसम्म उनले धेरै विदेशीलाई हिमालका शिखरसम्म पु¥याइसकेका छन् । यसअघि वोङ्दा शेर्पाले सगरमाथामा र आङमाया शेर्पाले युरोपको सबैभन्दा अग्लो एलब्रुस हिमालमा योहो टेलिभिजनको झण्डा फहराइसकेका छन् ।

यो पनि पढनुहोस् –आरोही शेर्पालाई योहो टेलिभिजनको झन्डा हस्तान्तरण

केटु हिमालको शिखरमा १० पटक ‘पुसअप’गर्ने साहासी छिरिङ नाम्गेल, कीर्तिमानीको तयारीमा