पर्यटन

आरोही शेर्पालाई योहो टेलिभिजनको झन्डा हस्तान्तरण


काठमाडौँ – विश्वको आठौँ अग्लो र नेपालको सातौं अग्लो मनास्लु हिमाल आरोहण गर्न लागेका आरोही छिरिङ नाम्गेल शेर्पालाई योहो टेलिभिजनलको झन्डा हस्तान्तरण गरिएको छ ।

सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपाकाका आरोही छिरिङ नाम्गेल शेर्पालाई आज शुक्रबार योहो टेलिभिजनको कार्यालयमा भएको एक कार्यक्रमकाबीच एभरेष्ट ब्रोडकास्टिङ तथा योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले योहो टेलिभिजनको लोगो अंकित झण्डा हस्तान्तरण गर्दै सफल आरोहणको शुभकामना दिनुभएको हो ।

८ हजार १ सय ५६ मिटर रहेको मनास्लु हिमाल आरोहण गर्न शनिबार काठमाडौँबाट आरुघाट हुँदै मनास्लु वेसक्याम प्रस्थान गर्नुभएको छ । यसअघि ओङड शेर्पाले सगरमाथामा र आङमाया शेर्पाले युरोपको सर्वाधिक अग्लो हिमाल एल ब्रुसमा योहो टेलिभिजन झण्डा फहराइसकेका छन् ।